• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

१ हजार चेलीले नयाँ जीवन पाए ।

काँकडभिट्टा २२ भाद्र– माइती नेपालले ५ वर्षे अवधिमा एक हजार ६९ जना महिलालाई सीमाबाट रोकेर अभिभावकको जिम्मा लगाएको जनाएको छ  । 
पूर्वी नाका हँुदै वैदेशिक रोजगारीको वहानामा भारत जान लागेका ति महिलाहरुलाई प्रहरीको सहयोगमा सीमामै रोकिएको हो । 
मानव वेचविखन तथा ओसारपोसार विरुद्धको चौथो राष्ट्रिय दिवसको अवसरमा मंगलबार आज यहाँ आयोजित एक कार्यक्रममा माइती नेपाल पूर्वाञ्चल कार्यालयका प्रमुख गोविन्द घिमिरेले उक्त कुराको जानकारी दिएका हुन् ।
घिमिरेका अनुसार २०६३ मा २ सय १७, ०६४मा १७८, ०६५ मा २८४, ०६६ मा २ सय ६० र चालु आर्थिक वर्षमा १ सय ३० जना महिलालाई सीमाबाट फर्काइएको छ । माइती नेपालले यही अवधिमा २४ जनालाई भारतका विभिन्न वेश्यालयबाट उद्दार गरेर ल्याएको छ भने घरेलु हिंसा पीडित २९ जनालाई संस्थाले संरक्षण दिएर राखेको छ । 
घिमिरेले माइती नेपालको सक्रियताले यो नाकाबाट मानव ओसारपोसार र वेचविखन घटेको दावी गरेका थिए । 
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठ, धुलावारी क्याम्पसका प्रमुख पुष्प पौडेल, होटल व्यवसायी अर्जुन सुव्वा, एकल महिला समुहकी अध्यक्ष गीता वुढाथोकी, सामुदायिक विकाश केन्द्र झापाका अध्यक्ष सोमराज ढकाल, मीरा पोखरेल, कमल मिश्रलगायतका वक्ताहरुले चेलीवेटी वेचविखन रोक्न सवै क्षेत्रले महत्वपुर्ण जिम्मेवारी निर्वाह गर्नु पर्ने बताएका थिए । महिला विकास कार्यालय झापाको आयोजना र माइती नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।  

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply