पूर्वमा टेलिफोन अवरुद्ध
मेचीनगर अनलाइन
|
Tuesday, September 28, 2010
|
0 comments
विप्लव भट्टराई,इलाम, आश्विन १२ - नेपाल टेलिकम अन्तर्गतको मोवाइल र इन्टरनेट सेवा सोमबारदेखि अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । ल्याण्ड लाईन फोन पनि लोकल मात्र सम्पर्क भईरहेको छ । जिएसएम मोवाइल, स्काई, सिडिएमए र इन्टरनेट सेवा पूर्णरुपमा ठप्प छ । चन्द्रनिगहापुर क्षेत्रमा अप्टिकल फाइभरमा आएको खराबीले यस्तो समस्या भएको टेलिकमले जनाएको छ ।संचार अवरुद्ध भएपछि मेचीका कुनै पनि जिल्लामा सम्पर्क हुन सकेको छैन । मर्मतको काम जारी रहेकाले चाँडै सेवा सुरु हुने टेलिकमले जनाएको छ ।
समाचार श्रोत : कान्तिपुर अनलाइन
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed