दशककै राम्रो धानबाली
मेचीनगर अनलाइन
|
Tuesday, September 14, 2010
|
0 comments
चन्द्रगढी ३० भाद्र÷ पर्यापत बर्षा भएपछि झापामा यसवर्ष दशककै सबैभन्दा राम्रो धानबाली सप्रेको छ ।
धानबालीका लागि बिऊ छर्ने बेला जेठ महिनादेखि लिएर अहिलेसम्म नियमित बर्षा भएकाले दशककै सबैभन्दा राम्रो धानबाली यसबर्ष रहेको कृषि विकास कार्यालय झापाले जनाएको छ । धानबाली राम्रो हुनुका साथै रोगको प्रकोप पनि नरहेकाले यसबर्ष झापामा सबैभन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको कार्यालयका बाली
संरक्षक अधिकृत राजेन्द्र खरेलले जानकारी दिनुभयो । जिल्लाका अधिकांश किसानले परम्परागत शैलीबाट खेती गर्ने गर्दछन् । झापामा ८ हजार ९ सय हेक्टर जग्गामा धानको खेती गरिएको अधिकृत खरेलले बताउनुभयो । Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed