झापाका आधा दर्जन छोटी भन्सार निष्कृय
मेचीनगर अनलाइन
|
Friday, September 3, 2010
|
0 comments
विर्तामाड १८ भाद्र/ राजश्व असुलीको लागि झापाका विभिन्न ठाउँमा स्थापना गरिएका आधा दर्जन छोटी भन्सार कार्यालय निष्कृय बनेका छन् ।
झापाका विभिन्न स्थानमा स्थापित १२ ओटा भन्सार कार्यालय मध्धे ६ वटा छोटी भन्सार कार्यालयको कारोबार शून्य भएको छ । द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार कार्यालयमा सुरक्षाको कारण देखाउँदै कर्मचारीहरु जान नमानेपछि डाँगीबारी, घेराबारी, पन्थापारा, महाभारा, गाडागल्ली र सतिघट्टाको कारोबार ठप्प भएको मेची भन्सार कार्यालयका अधिकृत शिशिर घिमिरेले मेचीनगर अनलाईनलाई जानकारी गराउनुभएको छ । १२ वटा भन्सार कार्यालय मध्धे हाल नकलब
न्दा, बाहुनडाँगी, भद्रपुर, केचना र झापा छोटी भन्सारबाट मात्रै राजश्व असुली हुँदै आएको छ ।भन्सार कार्यलय निष्कृय हुँदा ती क्षेत्रबाट निकासी तथा पैठारी हुने सामाग्रीको लेखाजोखा हुन नसकेको मेची भन्सार कार्यालयले जनाएको छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed