नामावली सूचीकरण अभियानमा लिम्वूवानको अवरोध
मेचीनगर अनलाइन
|
Wednesday, September 29, 2010
|
0 comments
१३ असोज, भद्रपुर । जिल्ला निर्वाचन कार्यालय झापाद्वारा भइरहेको फोटोसहितको मतदाता, नामावली सूचीकरण कार्यमा बुधबार झापाको दुईवटा नगरपालिकामा लिम्बूवानका कार्यकर्ताले अवरोध उत्पन्न गरेको छ ।
मेचीनगरपालिका-१० र दमक नगरपालिका-५ मा लिम्बुवानका कार्यकर्ताले मतदाता नामावली सूचीकरण गर्ने केन्द्रमा पुगेर यस कार्यमा खटिएका कर्मचारीलाई काम बन्द गर्न भनेकाले यतिखेर मतदाता सूचीकरण गर्ने कार्य ती वडाहरूमा ठप्प भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिकामा यो कार्य पूर्ववत्रूपमा चालु छ । यस सम्बन्धमा कार्यालय प्रमुख गोपाल आचार्यले मतदाता सूचीकरण कार्यको अवरोध हटाउन पहल भइरहेको बताउनुभएको छ ।
यस जिल्लाको तीनवटै नगरपालिकामा भदौ ३० गतेदेखि फोटोसहितको नामावलीको कार्य सुरु भएपछि हिजोसम्ममा ३१ हजार ३६२ जना मतदाताको नामावली सूचीकरण गरिएको छ ।
सो अनुसार, मेचीनगरपालिकामा १३ हजार ६८०, दमक नगरपालिकामा १२ हजार ८२० र भद्रपुर नगरपालिकामा चार हजार ८६२ जनाको फोटोसहितको नामावली सूचीकरण गरिसकिएको उक्त कार्यालयले जनाएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed