माओवादीका २ नेतालाई गाउँलेले पक्रेर प्रहरीमा बुझाए
मेचीनगर अनलाइन
|
Wednesday, September 29, 2010
|
0 comments
दमक, आश्विन १३ - आफनै एक पूर्व कार्यकर्तालाई कुटlपट गरेको आरोपमा स्थानीय बासिन्दाले माओवादीका क्षेत्रिय इन्चार्ज र जिल्ला सदस्यलाई प्रहरीमा बुझाएको छ ।
इलाका प्रहरी कार्यलय गौरीगञ्जका प्रहरी निरीक्षक श्याम खत्रीका अनुसार मगलबार राति खजुरगाछीका चन्द्र ओलीलाई कुटपिट गरेको भन्दै माओवादी झापा क्षेत्र नम्बर ६ का इन्चार्ज दुर्गा चौलागाई 'श्रीकान्त' र जिल्ला सदश्य माधव भट्टराईलाई स्थानीय बासिन्दाले पक्रेर प्रहरीमा बुझाएको हो । उनीहरूसँगै गएका माओवादीका स्थानीय नेता इन्द्र पोख्रेल भने सम्पर्कमा नभएको प्रहरीले जनाएको छ । पोख्रेललाई प्रहरी सम्पर्कमा गएर यथार्थ कुरा बताइ दिन प्रहरीले आग्रह गरेको छ ।
माओवादी छ नम्बर क्षेत्रीय सदस्य ओली केही दिन अघि सार्वजनिक कार्यक्रममा एमालेमा प्रवेश गरेका थिए । आफना कार्यकर्ताहरूसँग पार्टीको कुराकानी गर्न आफ्ना नेताहरु जाँदा ओलीसँग भेट भएको माओवादीले दावी गरेको छ । उनले एक्कासी गाउँलेले बोलाएर माओवादी नेताहरूमाथी आक्रमण गर्न लगाएको माओवादी जिल्ला सदस्य राजेन्द्र भट्टराईले बताए । आफना कार्यकर्ताहरूलाई प्रशासन लगाएर फसाउने षडयन्त्र भएको उनको दावी छ ।
प्रहरीले भने ओलीलाई घर नजिकै बोलाएर माओवादी कार्यकर्ताहरूले कुटपिट गरेको बताएको छ । ओलीको मुखमा चोट लागेको छ । स्थानीय बासिन्दाले माओवादी कार्यकर्तालाई पक्राउ गरेर कुटपिट समेत गरेको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed