• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

धरान नगरपालिका घेराउ

धरान, भदौ २९नगरपालिकाले एकीकृत सम्पत्ति कर अत्यधिक बढाएर आर्थिक भार बोकाएको भन्दै विरोधस्वरुप सोमबार नगरबासीले धरान नगरपालिका घेराउ गरेका छन्। सयौंको सङ्ख्यामा भेला भएका नगरबासीले दिउसो एक बजेदेखि करिब एक घण्टा नगरपालिका घेराउ गरेका हुन।उनीहरुले त्यस क्रममा एकीकृत सम्पत्ति कर अत्यधिक भएको भन्दै नगरपालिकाप्रति आक्रोश पोखेका थिए। 
नगरपालिका परिसरमा सयौंको सङ्ख्यामा भेला भएका नगरबासीले सम्पत्ति मूल्याङ्कन यथावत् राख्नुपर्ने माग अघि सारेका छन्। यसैगरी बढाइएको कर यथावत् राख्नुपर्ने, प्रत्येक वार्डबाट नगरपालिकाको वोर्डमा जनाको प्रतिनिधित्व गराएर उनीहरुसँगको छलफलबाट मात्रै सम्पत्ति मूल्याङ्कन दर पास गराउनुपर्नेलगायत् सूत्रीय माग अघि सारेका छन्।
नगरपालिकालाई दिनको अल्टिमेटम दिँदै करको विरोधमा गठित सङ्घर्ष समितिले बिहीबार पुनः नगरपालिका घेराउ गर्ने घोषणा गरेको छ। 'नगरपालिकाले हचुवाको भरमा जनतालाई आर्थिक भार लगाएको , यसको विरोधमा फेरि बिहीबार जनतालाई भेला गराएर सबै कुरा प्रष्ट पार्नेछौं- समितिका संयोजक कृण्ण ताम्राकारले भने। उनका अनुसार नगरपालिकाले सयदेखि हजार प्रतिशतसम्म सम्पत्ति मूल्याङ्कन बढाएर जनतालाई करको मारमा पारेकाले विरोध गरेको बताए

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply