भारतमा नेपालीको मृत्यु
मेचीनगर अनलाइन
|
Sunday, September 19, 2010
|
0 comments
इनरुवा, आश्विन ३ - भारतको बिहार राज्य अन्तर्गत पुणिर्या जिल्लामा शनिबार राति भारतीय ट्रकले ठक्कर दिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ ।
दुर्घटनामा एक दर्जनभन्दा बढी नेपाली नागरिक घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरीको लोहजारा गाविस ६ निवासी ४५ वषिर्य महेन्द्र मरिक यादव रहेका छन् । झारखण्डस्थित बाबा धाम जाँदै गरेको ना २ ख २२४० नम्बरको ध्रुवतारा ट्राभल्स पुणिर्यको कसहा ढाटमा रोकी रहेको अवस्थामा पछाडिबाट डब्लु बी २३३२०३०८५
नम्बरको भारतीय ट्रकले ठक्कर दिएको हो । ठक्करबाट यादवको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी गंगाप्रसाद साहले जानकारी दिएका छन् । बसको छतबाट तल ओर्लिने क्रममा भारतीय ट्रकले यादवलाई ठक्कर दिएका हो । दुर्घटनामा सप्तरीको लोहजारा, गोइठी, भारदह लगायत गाविसका एक दर्जनभन्दा बढी बासिन्दा घाईते भएका छन् । घाईतेहरूको पुणिर्य जिल्ला अस्पतालमा उपचार भईरहेको छ । मृतकको शव पोष्टमार्टम पश्चात नेपाल पठाउने भारतीय अधिकारीहरूले जनाएका छन् ।

Source :- eKantipur
Filed Under: परदेश

0 comments
Trackback URL | Comments RSS Feed