• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

स्कुल तोडफोड गर्ने नेताविरुद्ध मुद्दा


इटहरी, अशोज  - मागेजति चन्दा नदिएको झोकमा धरानको सुनसरी टेक्निकल स्कुल तोडफोड गर्ने एकीकृत माओवादी निकट अखिल क्रान्तिकारीका तीन जना नेतालाई सञ्चालकले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा दर्ता गरेका छन्। क्रान्तिकारीका केन्द्रिय सदस्य मदन चुडाल, सुनसरी जिल्ला सचिब सीपी बजगाई जिल्ला सचिवालय सदस्य सविन लिम्बु बिरुद्ध सञ्चालक लेखीराज सुब्बाले इलाका प्रहरी कार्यालय धरानमा मुद्दा दर्ता गरेका हुन्। 
तोडफोडमा संलग्न भएर मुद्धा दर्ता भएका तीनै जनाको खोजी भइरहेकेा प्रहरी निरीक्षक केशव भट्टराईले बताए। उनले भने, मुद्धा दर्ता भएका क्रान्तिकारी विद्यार्थीको खोजी भइरहेको छ। पक्राउ गरी कारबाही चलाइनेछ।'

अखिल क्रान्तिकारीले स्कुल चन्दाकै कारण स्कुल तोडफोड गरेको ५० हजार रुपैया भने लिइसकेको जनाएको छ। इटहरीमा पत्रकार सम्मेलन गरी राज्य समितिका संयोजक जीवन भट्टराईले भने, 'हामीलाई पार्टीले हरेक शैक्षिक संस्थामा विद्यार्थीलाई संगठनमा आबद्ध गर्ने, संगठनमा आबद्ध व्यक्तिको उचित व्यवस्थापन गर्ने व्यवस्थापन गर्नका लागि आर्थिक सहयोग माग्ने अधिकार दिएकाले त्यो नभएपछि तोडफोड भएको हो।' क्रान्तिकारीले असार दोस्रो साता ५० हजार रुपैया पैसा लिएको जनाइएको छ। 
बैसाखयता स्कुल सञ्चालकसँग क्रान्तिकारीले १२ लाख रुपैया चन्दा माग गरेको थियो। मागेजति चन्दा दिन नमानेपछि क्रान्तिकारीले सोमबार स्कुल तोडफोड गरेको थियो। 
'एक पटक पैसा लिएर गएपछि पनि पटक-पटक तोकेजति हुनुपर्ने माग राखेकोमा मिलाएर दिने सोचाईले क्रान्तिकारी साथीहरुलाई बोलाए आउनसाथ हतार गर्न थाले,' सञ्चालक सुब्बाले भने। उनका अनुसार बिहान आठ बजे बोलाएकोमा दुई घण्टा ढिलो गरी गएका क्रान्तिकारी विद्यार्थीले शुरुमै पैसाकै बार्गेनिङ् गरेका थिए। आफुले सक्दो चन्दा दिने भनेपछि स्कुल तोडफोड भएको उनले बताए। 
लेखीले तोडफोड गर्नु भन्दा दुई दिन अघि पनि क्रान्तिकारीले सिटिइभिटीले लिएको प्रवेश परीक्षामा अनुगमन गर्न भन्दै जर्वरजस्ती गरेको थियो। 'हरेक वाहना बनाएर दुख दिएर कुनै उपाया नलागेपछि मिलाएर रकम दिने बोलाएको थिए,' सुब्बाले भने, 'मैले दिने रकममा चित नबुझाएर आक्रोसमा आई तोडफोड गरे अनि हिडे।'

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply