धमाधम बन्द हुन थाले दुग्ध सहरकारीहरु
मेचीनगर अनलाइन
|
Monday, November 1, 2010
|
0 comments
धुलावारी कात्तिक १६/ कुनै समयमा झापामा दूध बढी भएर ‘मिल्क होलिडे’ हुने गरेको भएपनि अहिले दूध कम उत्पादन भएर दुग्ध सहरकारीहरु धमाधम बन्द हुन थालेका छन् ।
दूग्ध उत्पादनक किसानहरुले दुग्ध सुहरकारी संस्था खोलेर दूधको संकलन गरी विक्री गर्ने गरेकोमा ती वर्षको अबधिमा झापामा दर्ता भएका दुग्ध सहरकारी संस्थाहरु मध्धे आधा जसो बन्द भइसकेका छन् भने संञ्चालनमा आएकाहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् । दूग्ध उत्पादक किसानहरुलाई सहरकारीले दूधको मूय कम दिने गरेको र किसानहरुले दूध सहकारीमा बेच्नु भन्दा बाहिर आफै बेच्ने गरेकाले पनि दुग्ध सहकारीहरु बन्द हुने क्रम बढेको बताइएको छ ।
मेचीनगर ३ धुलावारीका दुग्ध उत्पादक किसान ख्याम आचार्यका अनुसार घरघरमा आएर दूध लैजाने दुधवाला (ग्वाला) ले सहरकारीले भन्दा दुईदेखि चार रुपैंयासम्म दूधको मुल्य बढी दिने गरेकोले किसानले दूध सहरकारीको सट्टा ग्वालालाई नै दिने गरेका छन् ।
सहकारीले पानीको मूल्य बराबर पनि दूधको मूल्य नदिने गरेको र २० रुपैंयामा समेत दूध बेच्न समस्या भएपछि गाई–भैसी पाल्न छाडिएको एक किसानले मेचीनगर अनलाईनलाई बताएका छन् । बजारमा एक लिटर पानी किनेर खानुपर्दा न्यूनतम २० रुपैंया तिर्नु पर्छ र दूध पन ित्यही मूल्यमा बेच्नु पर्दा किसानहरुको आँखाभरी आँशु आउने गरेको अर्का किसानले बताए ।
यसबारे जिल्ला सहरकारी डिभिजन कार्यालयमा सम्पर्क गरी बुभ्mन खोज्दा झापा जिल्लामा २५ ओटा दुग्ध सहरकारी संस्था दर्ता भएतापनि अहिले १० ओटा पूर्ण रुपमा बन्द भैसकेका छन् भने आधा दर्जन संस्थाहरु बन्द हुने अवस्थामा पुगेको जानकारी पाइएको छ ।
काम गर्नु सक्ने उमेरका युवा बैदेशिक रोजगारमा जानु, उन्नत जातका गाई भैंसीकाो पालन हुन नसक्नु र गाई भैसीको आहार महगों हुँदै गएपनि दूधको मूल्यस्थिर रहेका कारण दूध उत्पादनमा किसानहरु हतोत्साही भएका हुन्् ।
Filed Under: रिपोर्ट

0 comments
Trackback URL | Comments RSS Feed