मान्छेको विहे बाख्रिसँग
मेचीनगर अनलाइन
|
Friday, October 1, 2010
|
0 comments
बीबीसी, जोशमा होश पुर्याएन भने तोम्बेले भोगेजस्तो भोग्नु पर्ला ! कुरा अलि बुझिएन नि ! भन्नु हुन्छ भने म तपाइँलाई सुडान पुर्याउँछु । एक दर्जनभन्दा बढी बाख्राका धनी अलिफीको बाख्रीसँग चार्ल्स तोम्बेले यौन सम्पर्क राखेको अभियोगमा पक्राउ गरेर उनलाई गाउँले चौतारीमा भेला पारे । पञ्चायत बस्यो । पञ्च भलादमीका मुखियाले तोम्बेलाई १५ हजार सुडानी दिनार (५० डलर) तिर्नुपर्ने उर्दी जारी गरे । त्यति मात्र होइन, अलिफीले बाख्रीलाई अब आइन्दा श्रीमती मान्नु पर्ने निर्णय पनि सुनाए ।
“जहाँसम्म हामीलाई थाहा छ,” बाख्रा धनी अलिफीले बीबीसीसँग भने- “तोम्बे र त्यो बाख्री सँगै बसिरहेका छन् । लोग्नेस्वास्नीजस्तै ।” अपर नाइल स्टेटस्थित हाइ मालाकालका अलिफीले स्थानीय जुबा पोष्ट पत्रिकालाई भने- “गएको १३ फरवरी मध्य रातमा हामीले ठूलै आवाज सुन्यौँ । गएर गोठमा हेर्र्छौँ त तोम्बे मजासँग बाख्रीसँग….!
तपाइँले बुझ्नु भयो होला ! अनि मैले उसलाई सोधेँ- ‘ए मूर्ख यो के गरेको ?’ उसले बाख्रीलाई छोड्यो अनि उसलाई च्याप्प पक्रेर दुइ मुक्का दिइहालेँ । त्यसपछि मैले उसलाई एउटा खम्बामा बाँधिदिएँ ।”त्यसपछि अलिफीले गाउँका पञ्च भलादमी भेला पारे र उसलाई जरिवाना पनि तिराए । भलादमीको सुझावअनुसार अलिफीले यो कुरालाई गाउँमै समन गरे । अलिफीले भने- “भलादमीको सुझाव अनुसार यो घटनालाई प्रहरीकहाँ पुर्याइएन । बरु उसले मलाई मेरो बाख्रीको बिगो तिराएर उसैलाई जिम्मा लगाइदिएँ ।”
पख्नुस्, घटना यतिमा नै सकिएको छैन । कतिले त गाली गर्दै हुनुहुँदो होला…. यति बासी समाचार पढाउने – तर यसमा रोचकता के थपियो भने तोम्बेले बिहे गरेकी नयाँ दुलही बाख्रीको मृत्यु हुन पुगेको छ । विवाहको खबरपछि विश्वव्यापी बनेकी यो बाख्री -बाख्रीको नाम चाहिँ रोज भएको समाचारमा उल्लेख छ) निकै चर्चामा आएकी थिई ।
जुबा पोष्टका सम्पादक टम रोडेसले बाख्रीको निधनपछि बीबीसीसँग भने- “खासमा बूढापाकाले बाख्रीसँग तोम्बेको बिहे गराइदिनुको मूल उद्देश्य चाहिँ यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु नै रहेको थियो । यो खबरले यति हल्ला मच्चायो कि यो समाचार सुन्ने जतिले शायदै यस्तो दुस्साहस गर्लान् ।”
बिहेको खबर यति लोकप्रिय भयो कि गएको फरवरीमा यो सबैभन्दा बढी पढिएको समाचार बनेको थियो । रोजको मृत्युको कारणका बारेमा खासै नयाँ तथ्य फेला नपारिए पनि जुबाका गल्लीमा आफ्नो भोजन जुटाउँदै गरेकी रोजले पक्कै पनि केही हानीकारक वस्तु प्लास्टिकसँगै चपाएकी हुनुपर्छ भन्ने धेरैको राय थियो । “बिहेपछि रोजले एउटा बच्चा जन्माएकी थिई”, सम्पादक रोडेसले ठट्यौलो स्वरमा भने- “तर मान्छेको बच्चा होइन, बोका चाहिँ !”
यता रोजका श्रीमान् चार्ल्स तोम्बेले आफूले रक्सी पिएको र आफूलाई त्यसबारे केही थाहा नभएको बताएका छन् र बाँकी कुरा खोल्न अस्वीकार गरेका छन् । जन्मिएको बोकोको धनी चाहिँ उनी आफैँ भएको बताएका छन्
Filed Under: फिचर

0 comments
Trackback URL | Comments RSS Feed