• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

छोरीको जन्मदिनमा आमाको हत्या


इलाम, असोज १८- इलाम नगरपालिका- २, जिरोकिलोमिटरमा रेशबहादुर बस्नेतले सोमबार विहान खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। ३७ वर्षीय रेशबहादुरले विहान छ बजे भान्छाकोठामा ३४ वर्षीया श्रीमती हरितालाई टाउको र गर्धनमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।
 खुकुरी प्रहारबाट घाइते भएकी हरिताको जिल्ला अस्पतालमा पुर्‍याउनासाथ मृत्यु भएको थियो। के कारणले हत्या भयो केही थाहा भएन, हामी पुग्दा हरिता घोप्टो परेर लडेकी थिइन्,' छिमेकी माधव सुवेदीले बताए।


आफन्तका अनुसार भान्छाकोठामा एक्लै सुतेका रेशबहादुरले श्रीमती चिया पकाउन आउनासाथ खुकुरी प्रहार गरेका थिए। उनले तत्कालै जिल्ला प्रहरी कार्यालयमा गएर 

खुकुरीसहित आत्मसमर्पण गरेका छन्। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।


एकतप्पा- ७ स्थायी घर भएका बस्नेत दम्पती जिरोकिलोमिटरमा आरती अटो पार्टस नामक पसल खोलेर बसेका थिए।
उनीहरुका दुई छोरी छन्। पाँच वर्षीया छोरी क्रिस्टिनाको आजै जन्मदिन भएकोले केक पनि अर्डर भइसकेको रहेछ तर अचानक कसरी यस्तो घटना भयो, केही बुझ्न सकेनौं,' छिमेकी मिङमा छिरिङ तामाङले बताए।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply