• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

भोक भोकै दिन काट्छन् झापा विद्रोहका योद्धा

धुलाबारी (झापा) कुनै समय सँगसँगै राजनीति सुरु गरेका कतिपय साथी अहिले ऐश आरामको जीवन भोग गरिरहेका छन् । उनीहरुलाई अभावले छोएको छैन । तर २८ सालको झापा विद्रोहका एकजना योद्धा सानुदुर्गा अधिकारी अहिले भोकभोकै दिन काट्छन् । 
ठुलो पार्न यही क्लिक गर्नुहोला  
आर्थिक अभावका कारण घरमा खान नहुदा उनको दुई जना परिवार भोकै दिन काट्न बाध्य भएको हो । लगभग ६० बर्ष पुग्न लागेका अधिकारीले भने खाने स्रोत छैन कहाबाट ल्याउने र खाने ?
जीवनको आधाभन्दा बढी समय एमाले पार्टीको राजनीतिमा खर्चिएका अधिकारी अहिले प्रायः गुमनाम जस्तै छन् । उनले आप्mनो पार्टी नेकपा एमालेबाट हालसम्म केही पनि सहयोग पाउन सकेनन् । तर पार्टीकै हालका जिल्ला अध्यक्ष रविन कोइरालाले घर बनाउन भनी केही समय अगाडी व्यक्तिगतरुपमा केही थान इट्टा उपलव्ध गराएका थिए । ‘बिरामी हुँदा कोही पनि आउँदैनन्, अधिकारीले गुनासो गर्दै भने, पार्टीका मान्छे आइदिए राहत महसुस हुन्छ जस्तो लाग्छ ।

झापाको धुलावारीनजिकको टिमाई खोला बगस्थित सुकुम्वासी बस्ती उनको थातथलो हो । दुःख गरेर सानो छाप्रोसम्म त उनले हालेका छन् । तर खाने बाटो नहुादा बिहान बेलुकी हात मुख जोर्न समस्या छ । भन्छन्, दुःखले सासम्म् चाहिँ अल्झाएको छु । 
२०२७ सादेखि पार्टी राजनीति गर्दै आएका अधिकारीले तत्कालीन पञ्चायतको खिलाफ काम गरेको आरोपमा १७ वर्षसम्म जेल जीवन बिताए । झापा विद्रोहका सहभागीमध्धे एक अधिकारीले लामो समय भूमिगत राजनीति गरे । त्यसैबेला उनी इलामको शान्तिपुरस्थित जुरे भन्ने स्थानबाट पक्राउ परेका थिए । उनका सहयोद्धा रामप्रसाद प्रधानलाई भने त्यसैबेला प्रहरीले गोली हानेको थियो । प्रहरीको यातनाबाट अधिकारी पनि गम्भिर घाइते भएका थिए । म पनि मरेँ होला जस्तो लागेको थियो । कहालीलाग्दो क्षण सम्झंदै उनले भने, तर प्रहरीको कुटाइले मेरो शरीर छियाछिया भएको थियो । उनका सहयोद्धामध्धे मंगल मर्डी सतार, भोगेन्द्र राजवंशी, डिकेन्द्र राजवशी छविलाल राजवंशी लगायतको मृत्यु भईसकेको छ । डिकेन्द्रले केही महिनाअगाडी एमाले मुख्यालयमै डोरीले पासो लगाएर आत्महत्या गरेका थिए । 
पक्राउ परेको ५ महिनासम्म झापा जिल्ला कारागारमै राखिएका उनलाई पछि वीरगन्ज र काठमाडौं जेल सारिएको थियो । जेलमा उनीसँगै थिए एमालेका अहिलेका प्रभावशाली नेता केपी ओली, नरेश खरेल, दधिराम उप्रेती, घनेन्द्र बस्नेत, सीपी मैनाली? राधाकृष्ण मैनालीलगायत । केपी र राधाकृष्ण १५ वर्षपछि नै जेल मुक्त भएका थिए । तर उनीलगायत केहीलाई सर्वस्यसहित जन्मकैदको फैसला गरिएको थियो । ३० सालदेखि जेलजीवन भोगेका उनी प्रजातन्त्र पुनस्र्थापनापछि अर्थात् २०४६ सालपछि मुक्त भएका हुन् । 
बल तागत, जोस, जाँगर सबै हुँदा पार्टीकै काममा लागियो, भावुक हुँदै उनी भन्छन् अहिले तागत पनि सकियो केही गर्न सक्ने अवस्था नै छैन । समयमा खान नपाउँदा उनी दिदिनै रोगी बन्दै गइरहेका छन् । घरघरमा दसैं नजिकिदै जाँदा उनका घरमा भने चामलको गेडोसम्म छैन । 'दसैं आउँदैछ भन्छन्।' अधिकारी पत्नी रत्नाले भनिन्, 'घरमा भए पो राम्ररी मनाउँला, खाउँला भन्ने केही छैन ।' 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply