• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

चतरादेखि चढ्न पाईने भो अमेरिकी जेटबोट

अमर खड्का, इटहरी, असोज २० ( सुनसरीको चतराधामदेखि उत्तर तर्फ भोजपुर, उदयपुर र धनकुटाको सङ्गम स्थल त्रिवेणीसम्म मंगलवारदेखि जेटवोट सञ्चालनमा आएको छ। सुम्निमा जल यातायात प्रालिले ५ करोड रुपैयाँको लागतमा अमेरिकन कम्पनीको जेटवोट सञ्चालनमा ल्याएको हो। जेटवोटको प्रधानमन्त्री माधवकुमार नेपालले चढेर उद्घाटन गरे। एक पटकमा २० जना यात्रु बोक्न सक्ने क्षमताको जेटवोट सञ्चालनमा आएपछि झण्डै ८ घण्टाको पैदल दुरी १५ मिनेटमा आवतजावत गर्न सकिने भएको छ। 
जेटवोट सञ्चालनले भोजपर, सङ्खुवासभा, खोटाङ र उदयपुरका बासिन्दा लाभान्वित हुने भएका छन्।
जेटवोट सञ्चालनले प्रसिद्ध धार्मिक स्थल वराहक्षेत्रमा पनि भक्तजन वढने अपेक्षा राखिएको छ। 'अहिले तत्काल एउटा जेटवोट सञ्चालनमा आएपनि बाँकी एउटा चाडै सञ्चालनमा ल्याएर सर्वसाधारणलाई थप सेवा दिइनेछौ,' सुम्निमा जल यातायातका प्रबन्ध निर्देशक इन्जिनियर बिनोद अर्यालले भने। उनका अनुसार भविष्यमा खोटाङ्को हलेसी सम्म जेटवोट सञ्चालन गर्ने योजना रहेको छ। 
सुम्निमा जल यातायत प्रालिका अध्यक्ष प्रदिप नेपालले नाफामुखी भन्दा पनि सेवामुखी भावनाले जेटवोट सञ्चालनमा ल्याएको बताए। 
यसैबीच, प्रधानमन्त्री नेपालले बराहक्षेत्रका जगतगुरु बालसन्त महाराजसँगको भेटमा सवै धर्मको रक्षा र सम्बद्धनको लागि धर्म निरपेक्ष राज्य घोषणा गरेको बताए। उनले सवैले सवै धर्मलाई सम्मान गर्नुपर्ने बताउँदै धर्म निरेपेक्ष राज्य घोषणा गर्दैमा आत्तिनुपर्ने अवस्था नरहेको बताए। 

समाचार स्रोत नागरिकन्युज

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply