आगलागीमा ६ घर नष्ट/सात घाईते
मेचीनगर अनलाइन
|
Wednesday, October 6, 2010
|
0 comments
लवदेव ढुङ्गाना पाँचथर, आश्विन २० / पाँचथरको यासोक बजारमा बुधबार भएको आगलागीमा ६ घर नष्ट भएका छन् । आगलागी हुँदा भान्छामा प्रयोग हुने सिलिण्डर ग्यांस पड्केर सात जना घाइते भएका छन् ।
बजारका इन्द्र खड्काको पसलबाट सुरु भएको आगलागीले तीन घर जलेका हुन् । स्थानीय उदय आङदेम्बे, राजेन्द्र बीसी र पृथ्वीराज चेम्जोङका घर जलेर पूर्ण रुपले नष्ट भएको छ । आगलागी नियन्त्रण लिने क्रममा जबरजंग लावती, वर्णबहादुर लावती र भवानी लावतीका घर भत्काइएका छन् ।
आगलागी नियन्त्रण लिने क्रममा स्थानीय सात जना घाइते भएका छन् । तीमध्ये यासोक ६ का ३६ वर्षिय नरेन्द्र श्रेष्ठको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारको लागि इलाम अस्पताल लगिएको छ ।
बिहान नौ बजेतिर खाना पकाइरहेको अवस्थामा सिलिण्डर ग्यांस चुहिएर आगो लागेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । स्थानीयबासी र प्रहरीले छेउछाउका घर भत्काएर आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ५० लाख रुपैंयाँ भन्दा बढी क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed