• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

यूएईमा गज़ल मुशायरा

 दिनेश आचार्य मन्डू’ , अबुधाबी
यो दशैंमा पनि आमा आउन सक्दिन होला
मागी रा'छु खै छुट्टी पाउन सक्दिन होला                                       
                                               - 'मण्डु'
मन भरि देश अनि गाउघरको यादमा तड्पिएका प्रबासीनेपाली हरुले गत शुक्रबार दुबईको देरा स्थीत कार्ल्टन टावर होटलमा यस्तै गज़लका शेर मार्फत आफ्ना दु:ख - पिडा पोखे l १४५औं मोतिजयन्तीको अवसरमा अनेसास यूर्एइ च्याप्टरले आयोजना गरेको यूएई ब्यापी गजल मुसायरा -२०६७ मा गज़लकारहरुले माया प्रेम मात्र हैन देशको बर्तमान स्थीति,गरिबी,शोषण,प्रबास पिडा लाइ गज़ल मार्फत प्रस्तुत गरेका थिए l च्याप्टरका महासचिव गिरधारी रिजालले औपचारिक कार्यक्रमको शुरुवात अनेसास यूर्एइ च्याप्टरका अध्यक्ष समदर्शि
काईलाको सभापतिको आसन ग्रहण बाट सुरु गरे l नेपाली राजदूतावास यूर्एइका नियोग उप प्रमुख दिपक अधिकारी लाइ प्रमुख अथितिको आसन ग्रहण गराउदै अन्य  अथितिलाइ क्रमश आसन ग्रहण गराए l त्यसपछी कार्यक्रमका सम्योजक टेक थजाली मगरले सबैलाइ स्वागत् गरे मन्तब्य मार्फत l पहिलो चरणको कार्यक्रम समाप्त भएको घोसणा उनै रिजालले गराए अनि शुरु भयो दोश्रो चरणको कार्यक्रम अर्थात यूएई ब्यापी गजल मुसायरा-२०६७ l

गज़लका शेर प्रस्तुत गर्दै मंचको एकातिर बाट यूएइका जल्दा बल्दा गज़लकार निमेष गिरि र अर्कोतिर बाट गिरीको शेरलाइ जवाफ दिदै उदघोसक को रुपमा आए उमेश घायल l उदघोसकद्वयले एकपछी अर्को गर्दै नौलो शैलीमा गज़लकार हरुलाई मन्चमा बोलाएर जम्मा गराए अनि शुरु भयो गज़ल मुशायरा l मुसायरामा पाकिस्तानी उर्दु सायरा -कवियत्री  र्फजना साहाब मिर्जा बिशेस आकर्षण बनिन l उनले उर्दु गज़ल मार्फत कार्यक्रमलाई रोचक बनाइन l ' हामी पनि लेख्छौ'नी कहिले काही हिन्दी गज़ल ' भन्दै यूएइमा पछिल्लो समयमा लोकप्रिय बन्न सफल प्रतिभावान स्रस्टा धनकुटे कान्छा माइक्रो फोन समाउदै आए हिन्दी गज़ल मार्फत, उनले के  हिन्दी गज़ल सुनाएका थिए अर्का गज़लकार जैकी मोजाहु (जाकिर हुसैन) को मन मानेनछ क्यार ताम्सियेर आए हिन्दी शेर सुनाउन l कार्यक्रमको दौरानमा दुबईका अर्का लोकप्रिय  झापाली गज़लकार माइनस प्लस ' देश दुखेको यो घडीमा म आफ्ना आखा सामु ति रात सम्झिरहेछु ' भन्दै देखा परे भादगाउले टोपी लगाएर, उनको गज़ल सेलाउन नपाउदै अर्का झापाली कबि चेतन कार्की आइपुगे ढाका टोपीमा मुसुक्क मुस्कुराउदै गज़ल लिएर l
' हर्के काका बिरे दाई अचेल के गर्दै होलान ,
 साईली माइली पधेरामा पानी भर्दै होलान '
गज़लकार दिनेश आचार्य 'मण्डु' ले गाउघरको हालखबर सोधे गज़ल मार्फत नै भएपनि l
' मेरो खुशी गर्भ भित्रै तुवाएको पाप लाग्ला .
 पलपल तड्पाएर रुवाएको पाप लाग्ला '
भन्दै शुरिलो स्वरकी धनि रेखा घिमिरे 'चन्चला ' दलविरसिंह बर्राईली 'घायल' का शेर हरु गाउदै आइन पछी उनलाई साथ दिदै अर्जुन दाहालका शेर मार्फत गज़ल गाउन आइपुगे जैकी मोजाहु, कबि दीपराज नेयोहाङ्ग पनि के कम गितार मै भएपनि एउटा गज़ल गाइ हाले l गजलकारहरु चेतन कार्की, पशुपति आश्रय, विक्र शिशिर, प्रितम अभागी प्रित, यम बुढा मगर, मानकाँजी सदावहार, गिरधारी रिजाल, द. कैलाश र्राई, रुद कार्की प्रज्वल, टेक थजाली मगर, दीपराज नेयोहाङ्ग, शालीकराम पन्थ, दिनेश आचार्य मण्डु, माईनस प्लस संगौला, एस.के भण्डारी, अञ्जान बोहोरा चतुरे, अर्जुन दाहाल, दलविरसिंह बर्राईली, घायल, ऋषिशेष, चञ्चला घिमीरे, आदिल र्सवर नेपाली, धनकुटे कान्छा, जैकी मोजाहु, ( जाकिर हुसैन,) पाकिस्तानी सायरा र्फजना साहाब मिर्जा लगायतका करिब २ दर्जन भन्दा बढी गज़लकार हरुले आफ्ना गज़ल प्रस्तुत गरेका थिए l
यूएइमा पहिलो पटक यस्तो कार्यक्रममा सरिक भएको प्रतिक्रिया दिए नेपाल मोरंगका दुर्गा दाशले l कार्यक्रममा नेपाली समाजका अध्यक्ष यम प्रसाद तमु, एनआरएन एन सी सीका अध्यक्ष चुडामणी ढकाल, नेपाली समाजका भु.पु अध्यक्ष तथा समाजसेवी द्धय चन्द्रप्रसाद सापकोटा, कृष्ण ढकाल, नेपाली एकता समाजका अध्यक्ष मान बहादुर थापा, नेपाल पत्रकार महासंघ यूएइ शाखाका अध्यक्ष शंकर ज्ञवाली, नेपाली जनजाती महासंघका अध्यक्ष भुवन र्राई, जनप्रगतिशिल मञ्चका अध्यक्ष उक्तम अधिकारी, र्सवदाबाङमय प्रतिष्ठानका सचिव चेतन कार्कि, महिला समाजकी उपाध्यक्ष सोभा भण्डारी, पत्रकार खेमनाथ पौडेल ,नेपाल दुवई जनकल्याण राहत प्रतिष्ठानकी महासचिव, तमु समाजका अध्यक्ष राजु तमु लगायत पत्रकार, साहित्यकार तथा प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा गजल मुसायरामा भाग लिने गजलकारहरुलाई प्रमुख अतिथि, विषेश अतिथि तथा सभापतिद्धारा प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply