• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

डाक्टरको लापरबाहीले बिग्रियो स्वास्थ्य

चिकित्सकको लापरहबाहीले यहांका एक ब्यक्तिको स्वास्थ्यमा गम्भिर असर परेको छ । चारपाने ६का ३६बषिर्य चन्द्र सेढांईको मृगोैलामा भएको पत्थर निकालेको भनेर एक डाक्टरले झुक्याउदा आफनो स्वास्थ्यमा गम्भिर असर परेको सेढाईले दाबी गरे  ।
   सेढांइका अनुसार २०६६चैतमा बिराट नर्सि¨ होम बिराटनगरमा डाक्टर नारायण बस्नेतले मृगौलामा रहेका तीनवटा पत्थरको अप्रेसन गरेका थिए । बस्नेत कोशी अञ्चल अस्पतालका बरिष्ठ सर्जन हुन् । अप्रेसनपछि पिसाब नलीमा लगाइएको रबरको पाइप खोल्न बिपि कोइराला श्वाश्थ्य बिज्ञान प्रतिष्ठान धरान गएर जांच गराउदा तीनवटै पत्थर मृगौलामा पहिलाकै हालमा रहेको पाइएको सेढाइले बताए   । ‘मेरो अप्रेसन पछि तपाइको पत्थर यिनै हुन् भनेर तीनवटा पत्थर मेरो हातमा डाक्टरले राखिदिएका थिए’ डाक्टरले दिएका तीनवटै पत्थर देखाउदै सेढाईले भने ‘ति सबै नक्कली रहेछन् । मेरो शरीरमा भएका पत्थर अहिले पनि उस्तै अबस्थामा छन् ।’

  सेढाईले आफनो समस्या डाक्टरसंग राख्दा उनले उनले सहजै समस्या स्विकारेका बताएका छन्  । डाक्टरले मेरो गल्ती भयोे भनेर पुन निशुल्क उपचार गराइदिने मौखिक प्रतिबद्धता समेत गरेको समेत सेढांइले  बताए  ।
  डाक्टर बस्नेतले मेचीनगर अनलाईनसंगको कुराकानीमा मृगौलाको अप्रेसन जटिल भएकोले कहिलेकांह्ी पत्थरहरु भित्रै रहन सक्छन् । धेरैवटा पत्थर भेटिएको अबश्थामा यस्ते समस्या हुने उनले बताए ।‘ धेरैवटा पत्थर भेटिएका बेला मृगौला बचाएर भए पनि पत्थर छोड्नु पर्ने हुन्छ’बस्नेतले भने ‘कहिलेकांही यस्तो जटिलता देखापर्छ ।’
 डाक्टरले उपचार गर्दा लागेको सम्पूर्ण रकम पनि फिर्ता गर्ने र पुन उपचारका लागी जुनसुकै अस्पतालमा गएपनि शुल्क डाक्टर बस्नेतले नै तिर्ने सहमती गरिएको थियो । ‘मैले त्यो सुबिधा लिनका लागी प्रसासन र मिडियालाई नभन्ने सहमती पनि भएको हो’ सेढाईले भने ‘गल्ती भयो भनेर मलाई १ लाख रुपैंया चांही तिरे तर अब मेरो जिम्मेवारी सकियो भनेर डाक्टर पन्छिएका छन् । ’
   डाक्टर बस्नेतले बिर्तामोडको अमृता मेडिकल हल माफर्त केही समय पहिले सेढाईलाई १लाख रुपैंया उपलब्ध गराएका छन् । पैसा लेनदेनको कागजमा अप्रेसन असफल भएको उल्लेख गरेका छन् ।बस्नेत दमक,सुरुगां र   बिर्तामोडका बिभिन्न मेडिकलहरुमा उपचार गर्न आइरहन्छन् । सेढाईले अनावश्यक दबाब दिएकोले आफूले १लाख रुपैंया तिरेको बस्नेतले बताएका छन् । ‘एकपटक पैसा लिएर लेखापढी गरिसकेपछि यो कुरा त्यही सकिएको मानिन्छ’ बस्नेतले भने ‘तर वहां किन बारम्बार यो कुरा निकालीरहनु हुन्छ मलाई अचम्म लागिरहेको छ ।’ आफूले निकालेका पत्थर नक्कली नभएको र सेढाईकै मृगौलाबाट निकालिएको डाक्टर बस्नेतको दाबी छ ।
   सेढाईको पेटमा अप्रेसन गर्दा चिरेर २८वटा टांका मारिएको छ ।अहिले पेट फूल्ने ढाड दुख्ने,रिंगटा लाग्ने र अप्रेसन गर्दा काटिएको ठांउमा धेरै पिडा हुने  सेढाईले बताए । सेढाईले डाक्टर बस्नेतलाई कडा कारबाही सहित आफूले क्षतीपूर्ती पाउनु पर्ने माग गरेका छन् । ‘डाक्टरको भेषमा मान्छेको स्वास्थ्यसंग खेल्ने त्यस्ता ब्यक्तिलाई कडा कारबाही हुनुपर्छ’ चिरेको पेट देखाउदै उनले भने ‘डाक्टरकहां म निको हुन गएको हुं घाइते हुन होइन ।’
  डाक्टरले आफूलाई नक्कली ढुंगा देखाउनु पर्ने कारण पनि डाक्टरसंग प्रष्ट गर्न माग गरेका छन् । विर्तामोडको अल्ट्रा मःमका सञ्चालक रहेका सेढाईले मेचीनगर अनलाईनका प्रतिनीधि प्रकाश पौडेलसंग कुरा गर्दै अगाडी भनेका छन् –‘मानविय उपचारमा यस्तो त्रुटी गर्ने डाक्टरको प्रमाण पत्र  र क्षमता पुन जांच गर्न  मेडिकल काउन्सिल संग माग गरेको छु ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply