यूएईमा १०१औं देवकोटा जयन्ति मनाइने ।
मेचीनगर अनलाइन
|
Thursday, October 7, 2010
|
0 comments
०८ अक्टोवर २०१० आवुधाबी यूएई प्रत्येक बर्ष झैं यो बर्ष पनि सर्वदा वाङ्मय प्रतिष्ठान् यूएईले आगामी ०५ नोभेम्वर २०१० शुक्रबारको दिन आवुधावी स्थित केरला सोसायल सेन्टरको हलमा १०१औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ति भब्यताको साथ मनाउने भएको छ ।
नेपाली भाषा र साहित्यको क्षेत्रमा दिलोज्यान अर्पण गरि निरन्तर कलम चलाएर आफ्नो नाम भाषा, साहित्यको क्षेत्रमा सर्वच्च शिखरमा कायम राख्न सफल चर्चित महाकवि देवकोटाको उच्च सम्मान एवं सम्झनामा प्रतिष्ठानले यस्तो कार्यक्रम यूएईमा गर्न लागिएको हो ।
प्रतिष्ठानका अध्यक्ष श्री लक्ष्मण सापकोटाका अनुसार उक्त कार्यक्रममा साहित्यलाई भन्दा साँस्कृतिक तथा नेपाली राष्ट्रिय स्तरका खेलाडीद्धारा ‘‘कराँते प्रदर्शन” कला प्रदर्शन बढि समय प्रस्तुत गराउने जानकारी दिएका छन् ।
यस मरुभूमी स्थलको एकान्त बसाईमा निराशिएका तनमनहरुलाई जागृत गराई शारीरिक स्फूर्ती बिकासको लागी पनि यस पटक यस्तो कार्यक्रमको आयोजना गरिएको कुरा उनले ब्यक्त गरें । सम्भवत यस्तो कार्यक्रम यूएईमा नै पहिलो हो ।
श्री सापकोटाले सोही समारोहमा यूएईमा छरिएर रहेका स्रष्टाहरु तथा नेपालका बरिष्ठ साहित्यकारहरुबाट र्सिजित कविताहरुको संघालो ‘कविता सर्वदा’ भाग – २ बिमोचन गरिने कुराको जानकारी गराएका छन् ।
सर्वदा वाङ्मय प्रतिष्ठान्को सन् २०१० लाई साहित्यिक बर्ष मनाउने पूर्व घोषित निर्णय अनुसार उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
उक्त कार्यक्रममा सहभागी भई यसलाई भब्यताको साथ सफल पारिदिनहुन समस्त यूएई बासी दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गरिएको छ ।
बिस्तृत जानकारीको लागी
०५०–६३०५६९५ (गजेन्द्र चौधारी),
०५०–६७०२९४९ (दिपक अधिकारी),
सालिक राम पन्थ (०५५–४४३२६३२)
E-mail:- sarbadauae@gmail.com
Filed Under: परदेश


0 comments
Trackback URL | Comments RSS Feed