गोलि हानी हत्या
मेचीनगर अनलाइन
|
Thursday, October 7, 2010
|
0 comments
इलाम (मङ्गलबारे), आश्विन २२ - इलामको फिक्कलमा छिमेकीले गोली हानेर एकजनाको हत्या गरेका छन् । फिक्कल-६ निवासी ताराबहादुर लाप्चाले छिमेकी ४६ वर्षीय नरेन्द्र श्रेष्ठको हत्या गरेका हुन् ।
फिक्कलमा बिहीबार लागेको हटियामा मादक पदार्थ सेवन गरेर घर फर्कंदै गर्दा राति ८:४५ बजे लेप्चाले भरुवा बन्दुकले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक जगन्नाथ गौतमले बताए ।
गोली लागेर घाइते भएका श्रेष्ठको उपचारका क्रममा गएराति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको हो । हत्यारा फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed