लाखभन्दा बढीको पटाका बरामद
मेचीनगर अनलाइन
|
Saturday, October 30, 2010
|
0 comments
काँकरभिट्टा, १४ कात्तिक ÷ सशस्त्र प्रहरी वल काँकरभिट्टाको गस्ती टोलीले मेचीनगर–१० स्थ्ति मेची डाँडाबाट शुक्रबार ठूलो परिमाणको पटाका बरामद गरेको छ ।
![]() | ||
| प्रहरीले बरामद गरेको विष्फोटक पदार्थ । फोटो सौजन्य जनसंसद दैनिक |
प्रहरीले १ लाखभन्दा बढी मूल्य पर्ने विभिन्न प्रकारका विष्फोटजन्य पटाका बरामद गरेको हो ।
सशस्त्रका प्रहरी नायब उपरीक्षक खेमबहादुर थापाको नेतृत्वमा खटिएका टोलीले उक्त परिमाणको पटाका नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका पटाकामा जगमग ७० प्याकेट, लक्की फायर वर्क ६ प्याकेट, विन्दास चकलेट ३ प्याकेट, गोल्डन फ्लावर ४ प्याकेट, लिललिल इलेक्ट्रिक फ्लावर ३ प्याकेट र फ्लार्सपट पटाका ५ प्याकेट रहेको बताइएको छ ।
थापाका अनुसार यसअघि बरामद गरिएको केही समेत गरी सबै पटाका नष्ट गरिने छ ।
यसैबीच भारतबाट अवैध रुपमा ल्याइँदै गरेको सामान विहीबार प्रहरीले इलाम नगरपालिकाका २ स्थानबाट बरामद गरेको छ ।
पशुपतिनगर नाका छलेर मे १ज ३२७ नम्बर र अर्काे नम्बर नखुलेको गाडीमा ल्याइँदै गरेको २ सय लिटर खानेतेल, २ क्विन्टल चिनी, ३० लिटर रिफाइन तेल, ११ कार्टन सावुन, विस्कुट, दाल, मटरलगायतका खाद्य सामग्री सदरमुकामको धोविधारा र शेराबाट बरामद गरेको प्रहरी नायव उपरिक्षक विक्रम चन्दले बताए । बरामद गरिएको सामन पशुपतिनगर भन्सार कार्यालयमा बुझाइने उनले बताए
यसरी सामग्री ल्याउने भाडाका सवारीलाई छोडेको र सामान ल्याउने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।
Filed Under: अपराध


0 comments
Trackback URL | Comments RSS Feed