• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

डेढ करोडको फलपूmल विक्रि

विर्तामोड १४ कात्तिक/ समय परिवर्तन हुँदै जाँदा मानिसले दसैंको बेलामा लाने गरेको कोसेलीको स्वरुप पनि बदलिदै गएको छ । विगत वर्षहरुमा दसैंमा आफन्तको टीका लगाउन जाँदा कोसेलीको रुपमा मिठाई तथा चिनी मिश्री लाने गरेको मानिसहरु यो वर्ष भने फलपूmलप्रति बढी आर्कषित भएका छन् ।  कृषि उपज बजार विर्तामोड झापाले यस वर्षको बडादसैं अवधिभरमा फलपूmलमात्रै डेढ करोड माथिको कारोवार गरेको जनाएको छ ।

दसैं अवधिभरमा एक लाख ६८ हजार केजी इन्डियन तथा ६६ हजार केजी चाईनिज स्याउ आयात भएको र केही प्रतिशत बाहेक अनय सबै विर्तामोड क्षेत्रमै खपत भएको कृषि उपज बजार सञ्चालन समितिका कार्यवाहक अध्यक्ष तिलबहादुर विष्टले जानकारी दिए । 

गतसालको तुलनामा समग्र बजारको कारोवार २० देखि २५ प्रतिशत कम भएपनि फलपूmलको बजार भने राम्रै्र रहेको विष्टको भनाई छ । विष्टका अनुसार विर्तामोड क्षेत्रमा १० जना होलसेल व्यापारी १४/१५ जना खुद्रा व्यापारी तथा ४० देखि ५० जना अन्य व्यापारी रहेको र उनीहरुले सो मुल्य बरावरको कारोवार गरेका हुन् । बजारमा डल्लो, डेलिसेस, रिफुजी, निशा, भेराइटी, चकलेटी लगायतका स्याउ विक्रि हुने गरेको र प्रतिकेजी गुणस्तर हेरी ३५ देखि ६० सम्ममा होलसेल विक्रि गरिने र व्यापारीहरुले प्रतिकेजी १३० सम्ममा विक्रि गर्ने गरेको विष्टले जनाएका छन् । 
हाल बजारमा स्याउ सुन्तला अनार, कोला, कागती, जुनार लगायतका फलपूmल विक्रि हुने गरेको विगत ८ वर्षअघिदेखि सोही ठाउँमा व्यावसाय सञ्चालन गर्दै आएकी फलपूmल व्यवसायी रीता भट्टराईले बताईन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply