• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

गोर्खाल्यान्डबारे वार्ता हुने

पर्वत पोर्तेल ,सिलिगुडी- , आश्विन २८ - गोर्खाल्यान्डबारे आगामी वार्ता राजनीतिक स्तरमा हुने भएको छ । गोर्खा जनमुक्ति मोर्चा, बंगाल सरकार र केन्द्र सरकारबीच सोमबार अबेर सम्पन्न वार्ताले अर्को वार्ता राजनीतिक स्तरमा गर्ने निर्णय गरेको हो ।
यसअघि सातौं चरणसम्म भएका वार्ता सचिवस्तरमा मात्रै भएका थिए ।आगामी वार्ताको मिति भने तय हुन सकेको छैन । 'दसंैलगत्तै पनि हुन सक्छ होला,' मोर्चाका महासचिव रोशन गिरीले कान्तिपुरसँग भने, 'नत्र तिहारपछि हुन्छ ।'

उनले आउँदो वार्तापछि नै अन्तरिम व्यवस्था लागू गर्न मोर्चा, राज्य र केन्द्र सरकार सहमत हुने दाबीसमेत गरे । राजनीतिक स्तरीय वार्ताको नेतृत्व पनि गिरीले गर्ने निश्चित भइसकेको छ । मोर्चा अध्यक्ष्ा सबै बुँदामा सहमति भएपछि हस्ताक्ष्ारका लागि मात्रै दिल्ली जाने छन् । दिल्लीको नर्थ ब्लकस्थित केन्द्रीय गृह मन्त्रालयमा सम्पन्न वार्ता अन्तरिम व्यवस्था लागू गर्ने  विषयमा केन्द्रीय बनेको थियो । वार्तामा मोर्चाको नेतृत्व गरिरहेका महासचिव रोशन गिरीका अनुसार कानुन बनाउने विधायी अधिकार, सिमाना र चुनाव गराउने/नगराउनेबारे बढी चर्चा भएको बताए ।
मोर्चाले अघि सारेका यी तीनवटा मागप्रति राज्य र केन्द्र सहमत हुन सकेनन् । मोर्चाले तराई र डुवर्ससहितको गोर्खाल्यान्ड क्ष्त्रीय स्वायत्तता गठन गर्नुपर्ने र स्वायत्तताका  सदस्य सबैसदस्य मनोनीत र मोर्चाबाटै प्रतिनिधित्व गराइनुपर्ने  अडान दोहोर्‍याएको थियो ।

News source : Kantipur 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply