• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

युएईमा अन्जु पन्त र मिङमा शेर्पा..!

दिनेश आचार्य ‘मन्डू’ ,१३ अक्टुबर, अबुधाबी
                        आगामी नोभेम्बर ५ मा बरदुबई स्थित अस्टोरिया होटेलमा हुने दिपावली साँगितीक साझको लागि चर्चित गायिका अन्जु पन्त र लाखौ स्रोताहरुको ढुकढुकी बन्न सफल गायक मिङमा शेर्पा आउने भएका छन्।साथै युएईमा रहेका अन्य उत्कृष्ठ नेपाली कलाकारहरु भावना ढकाल, सरस्वती घोरासाई, ब्रिन्दा श्रेष्ठ, ज्ञान लामा, देवी थोकर, ज्योती र अमृता तमुस्यो,मीना घले लगाएत अन्य कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने भएको छ।राजु श्रेष्ठ,भोज राज घले,होम रानाभात र सरोज थापा क्षेत्रीको आयोजनामा हुने भनिएको सो साँगितिक साझ कार्यक्रमलाई सफल बनाउन भरौल युवा जमात युएईले महत्वपुर्ण भूमिका निभाईरहेको छ।

भव्य रुपमा हुने साँगितीक धमाका कार्यक्रममा युएईमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितीको लागि आयोजकले बिनम्र अनुरोध गर्नुका साथै सीट सीमित भएकोले समयमै आफ्नो टिकट लिनको लागि पनि जानकारी गराएको छ। कार्यक्रमको सास्कृतिक संयोजक समेत रहेका भोजराज घले भन्नुहुन्छ टिकट प्राप्तिको लागि सन राईज ट्रेडिङ एल.एल.सी. (नेपाली पसल) बर दुबई, नेपाली रेष्टुरेन्ट बरदुबई, काठमाण्डु हाईलेण्ड रेष्टुरेन्ट बरदुबई, सञ्जय गार्मेन्ट ट्रेडिङ एल.एल.सी (नेपाली पसल) बरदुबई, र फोर एक्सीस जेनेरल ट्रेडिङ एल.एल.सी. (नेपाली पसल) बरदुबईमा पनि ब्यवस्था गरिएको छ।
अन्य जानकारीहरुको लागि भीम बहादुर तामाङ ०५० १८७०७४५,नकुल घले ०५०२९३६०४४, उमेश राई ०५५ ७३९६९७४, शीब कार्की ०५०३५४३४७० मा सम्पर्क गर्न सकिन्छ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply