सर्वदा यूएईले दशै शुभकामना कार्यक्रम गर्ने...!
मेचीनगर अनलाइन
|
Friday, October 15, 2010
|
0 comments
दिनेश आचार्य ‘मन्डू’, अबुधाबी,
सर्वदा वाङ्मय प्रतिष्ठान यूएई शाखाले बिजयादशमी २०६७ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा नेपाली बयोवृद्धहरुबाट टिकाजमरा ग्रहण गर्ने कार्यक्रम राखेको छ। १६ अक्टोबर शनिबारका दिन अबुधाबीस्थित एयरलाइन्स रेष्टुरेन्टमा उक्त कार्यक्रम साँझ पाँच बजेबाट प्रारम्भ हुनेछ।
सर्वदा यूएईका अध्यक्ष लक्ष्मण सापकोटाले जनाए अनुसार चाडको सम्झनाले तड्पाएको मनहरुलाई शान्त पार्न यस्तो कार्यक्रम गर्न लागिएको हो।
उक्त अवसरमा यहाँका स्थानीय कलाकारहरुबाट लोक दोहोरी, लोक आधुनिक गीत, कविता, गजलजस्ता साहित्यिक र साँस्कृतिक खुराक प्रस्तुत गरी मनोरञ्जनात्मक तवरमा दशै मनाइनेछ। स्मरणरहोस, यस्तो प्रकारको कार्यक्रम यूएईमा यो पहिलो हो।
Filed Under: परदेश


0 comments
Trackback URL | Comments RSS Feed