• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पूर्बमन्त्री सॉवाको निधन, दाहसंस्कार विहिवार मात्र

रविन भट्टराई÷ताप्लेजुङ, कातिक १,

पूर्बमन्त्री तथा एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार कमिटी सदस्य अम्बीका सॉवाको दाहसंस्कार कार्तिक ४ गते विहिवार गरीने भएको छ ।

ताप्लेजुङमा रहेका सावाँका परीवार मंगलबार मात्र काठमाडौ पुग्ने भएको र माओवादि पार्टिले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेकोले दाहसंस्कारमा ढिलाई हुने सावाँका भतिजा बालकुमार सावाले जानकारी दिएका छन् ।

सावाले आफ्नो जन्मभुमि ताप्लेजुङको तमोर नदिमा दाहसंस्कार गरीदिनु भन्नु भएको भए पनि सबै परीवार काठमाडौमा रहेको कारण पशुपति आर्यघाटमानै दाहसंस्कार गरीने पारीवारीक श्रोतले बताएको छ ।

सावाँको दिवंगत शरिर अहिले ललितपुर स्थित नक्किबोधमा राखिएको छ । ७१ बर्षिय सॉवाको आइतवार राती नै मोडेल अस्पतालमा निधन भएको हो । सॉवालाई किड्नी र श्वास प्रश्वास र उच्च रक्त चापकोे समस्या थियो ।

ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार गराईरहेका सावाँको आईतबार नेपाल वायुसेवा निगमको जहाज मार्फत काठमाण्डौं पठाउन खोजिए पनि सावाले जान नमानेपछि बेलुकीपख हेलिकोप्टरवाट पठाइएको थियो ।

नेकपा माले र राप्रपा सरकारमा रहेकावेला जनसंख्या तथा वातावरण मन्त्री भएका सॉवाले २०४६ को प्रजातन्त्र पछि ताप्लेजुङको क्षेत्रनम्बर २ वाट दुई पटक सांसद जितेका थिए । सावा २०६२ सालदेखि भने माओवादीमा प्रबेस गरी भुमिगत राजनीतिमा लागेका थिए । माओवादी भित्र पनि सॉवा आलोचक नेताको रुपमा रहेका थिए । सॉवाका दुई छोरा र पॉच छोरी रहेका छन ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply