• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मन्त्री मिनेन्द्र रिजाल ताप्लेजुङमा

रविन भट्टराई÷ताप्लेजुङ, कातिक २, कामचलाउ सरकारका संस्कृती मन्त्री मिनेन्द्र रिजालले पाथीभरा देवीसँग नेपालीहरुको सुख,समृद्धि, शान्ति र संविधान लेखनका लागि शक्ति माग्ने बताएका छन । ताप्लेजुङमा अवस्थित पाथीभरा देवी मन्दिरमा पुजा अर्चनाकालागि गएका मन्त्री रिजालले सुकेटार विमानस्थलमा उक्त कुरा बताएका हुन । रिजाल ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा दर्शनका लागि पहिलो पटक पैदलै जाने उच्च ओहदाका पहिलो ब्यक्ति भएका छन ।
 यसअघि तत्कालिन राजा, प्रधानमन्त्री, सेनापती लगायतका ब्यक्तिहरु हेलिकप्टरवाट पाथीभरा गएका थिए । हाल पाथीभरा मन्दिरसम्म नै भाडामा हेलिकप्टर सेवा समेत सञ्चालन भएको अवस्थामा रिजाल भने पैदलै हिँडेका छन । पहिला पाथीभरा पुगेर बरदान माग्छु त्यसपछि फर्किएर राष्ट्रिय राजनीतिका बिषयमा कुरा गर्छु – उनले भने । रिजाल भोली बिहान पाथीभराको पुजा गर्दैछन । उनीसँग सुरक्षाकर्मी र पार्टीका कार्यकर्ता रहेका छन ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply