• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

विजया दशमी मलेसियामा भब्यताको साथ सम्पन्न

योगेन्द्र योगी "हिमाल"/क्वालालाम्पुर मलेसिया,हिन्दुहरुको महान पर्ब विजया दशमी २०६७ मलेसियाको बिभिन्न ठाउहरुमा भब्यताको साथ सम्पन्न सम्पन्न भएको छ । नेपाली कामदारहरुको बहुलियता रहेको मलेसियामा जता ततै नेपाली श्रमिकहरु पाइन्छ ।नेपाली श्रमिकहरु मिलेर यहाँ बिभिन्न संघ सस्थाहरु गठन गरी भईपरी आउने समस्याको समाधान सबै संघ सस्था मिलेर सहयोग गर्ने गर्दछन ।यिनै संघ सस्था मिलेर विजया दशमीको आयोजना गरेका थिए ।मलेसियाको निलाई शहर भित्र पर्ने तमान सेमारक भने ठाउमा युनाईटेड मोर कम्पनीमा रहेको दुई ओटा सस्था नेपाली एकता समाज र असल साशन युवा क्लबले पनि विजया दशमी २०६७ को आयोजना गरेका थिए ।
 युनाईटेड मोर कम्पनीको नेपाली क्यान्टिनमा सम्पन्न भएको शुभकामना दशैँ कार्यक्रममा नेपाली एकता समाज मलेसियाका अध्यक्ष अजय कुमार शाह,उपाध्यक्ष अम्बिका लिम्बु,कोषाध्यक्ष पदम कुँवर,सचिव रुद्र खतिवडा,सहसचिव लेख बहादुर बि.क बरिस्ठ सल्लाहाकार जिबलाल घिमिरे र गिरिराज पौडेल सहभागी रहनु भएको थियो । शुभकामना कार्यक्रममा बरिस्ठ पत्रकार तथा हाम्रो संखुवासभा डट कमका प्रधान सम्पादक योगेन्द्र योगी "हिमाल"को पनि उपस्थिति रहेको थियो । त्यसै गरी असल साशन युवा क्लबको तर्फ बाट अध्यक्ष रामनाथ दस लगायत सबै पदाधिकारीहरुको उपस्थिति रहेको थियो । विजया दशमीको पावन अवसरमा पुजारी श्यामलाल ओलीले पुजा आराधना गर्नु भएको थियो । १०;४३ को टिकाको शुभ साइत आफु भन्दा ठुला मान्यजन जिबलाल घिमिरेको हातबाट साथीहरुलाई टिका लगाई दिदै शुभकामना दशैँ २०६७ सम्पन्न भएको थियो । शुभकामना दशैँ २०६७ लाई थप मनोरंजन बनाउनको लागि बिभिन्न लोक गीत र डान्स कार्यक्रमको आयोजना गरेर शुभकामना दशैँ मनाईएको थियो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply