७ दिनमा ६५ दुर्घटना
मेचीनगर अनलाइन
|
Thursday, October 21, 2010
|
0 comments
प्रहरीसहित १३ को मृत्यु
पवन पौडेल विर्तामोड झापा/ पूर्वमा छ दिनयता भएका सवारी दुर्घटनामा एकदर्जन व्यक्तिको मृत्यु भएकमो छ । यो अवधिमा भउका ६५ दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । झापा, इलाम, मोरङ र धनकुटामा गरी १३ जनाको मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
झापामा चार, मोरङमा छ इलाममा एक र धनकुटामा दुई जनाको मृत्यु भएको प्रहरी सहायक निरीक्षक जनक कार्कीलेृ जानकारी दिए । बिजयादशमीको अघिभलो दिन भएको सवारी दुर्घटनामा मोरङको वयनबरमा एकै परिवारका पाँचजना मृत्यु भएको थियो । वयनवनका शशिधर अधिकारीको परिवारका पाँचजनाको माटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । शयिशधरसहित उनकी श्रीमति देवी, छोरीहरु नितीका र प्रितम र छोरा विजयको घटनास्थलमा नै मृत्यु भएको थियो ।
यो अवधिमा भएका दुर्घटनामा एक सय २२ जना घाइते भएका छन् । मोटरसाइकधलमा सवार धेरैजसो जयान गएको छ । यो अवधिमा झापामा सबैभन्दा बढी ३५ वटा दुर्घटना भएका छन् । झापाको मेचीनगर, १ का रविन शाह, शिवगञ्ज ४ का मोहमद सम्जादको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
मङ्गलबार झापाको गौरीगञ्जमा गाडीबाट खसेर प्रहरी जवान ठगबहादुर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । गाडीबाट खसेर घाइते भएका उनको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो । उनी ओखलढुङ्गामा दरबन्दी भई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा कार्यरत थिए । इलामा जीप र कार एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जननाको मृत्यु भएको छ ।
दसैंका बेला क्षमताभन्दा बढी मात्रु बोक्ने र मादकपदार्थ सेवन गरी सवारी चलाउने गरेकाले पनि दुर्घटना बढेको प्रहरीको दावी छ । चापका कारण सवारीको हुटमा समेत यात्रु चढ्ने भएको प्रहरी हबल्दार कृष्ण पोखरेलले मेचीनगर अनलाईनलाई जानकारी दिए ।
गत आ.व.२०६६/६७ को एक वर्षको अवधिमा पूर्वी नेपालमा सवारी दुर्घटनामा परी तीन सय ६६ जनाको मृत्यु भएको थियो । दुई हजार तीन सय ३७ जना घाइते भएका थिए । यसैबीच, झापामा एक जनाको हतया भएको छ । अनारमनी १ का धनपाल राजवंशीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । दसैंको बेला जिल्ला न्यायधीश शालीग्राम कोइरालाको कोठामा समेत चोरी भएको प्रहरीले जनाएको छ ।
Filed Under: रिपोर्ट

0 comments
Trackback URL | Comments RSS Feed