होटल व्यवसाय पनि गर्छन् विद्यार्थी
मेचीनगर अनलाइन
|
Friday, October 22, 2010
|
1 comment
उत्तरी कालपोखरीकी लाक्पा डोमा शेर्पा कलेज विदा हुनासाथ दार्जिलिङ छाडेर घर आउछिन् । संगैका साथीहरुको जाडो बिदामा अन्यत्र घुम्ने या कम्प्युटर र ट्युसन पढ्ने योजना भएपनि उनलाई घर फिर्नै पर्ने वाध्यता छ । उन्का दाजु निङगुर शेर्पा पनि बिदा हुनासथ घरको होटलमा व्यस्त हुनुपर्छ ।
पर्यटकको चहलपहल अत्याधिक हुने यो इलामका लेकाली क्षेत्रमा उनीहरुको पढ्ने र जीउने आधार नै होटल भएकाले काममा सघाउनु पढाइसंगै उनीहरुको दायित्व हो । छिमेकी छोवाङ भोटियाका पा“चजना छोराछोरी नै दार्जिलिङका विद्यालय र कलेज पढ्ने भएपनि बिदामा सबै घरको काम सघाउन आइपुग्न्छन् । भोटियाकी जेठी छोरी तेन्जीङ मेतोकले दार्जिलिङको टिविटियन विद्यालयमा १२ कक्षासम्म
पढेकी छन् । उनले त्यहीको इन्सिटच्युटवाट हिमाल आरोहणको कोर्स पनि गरेकी छिन् । तर अरु भाई बहिनीलाई पढाउनु पर्ने भएकाले उनी घरमा सञ्चालित होटल थामेर बसेकी छिन् ।
पढेकी छन् । उनले त्यहीको इन्सिटच्युटवाट हिमाल आरोहणको कोर्स पनि गरेकी छिन् । तर अरु भाई बहिनीलाई पढाउनु पर्ने भएकाले उनी घरमा सञ्चालित होटल थामेर बसेकी छिन् ।
‘पर्यटकको चाप अत्याधिक हुने भएकाले बुबाआमाको भरले मात्र हुदैन,’ तेन्जिङ भन्छिन्, ‘घरबार चलाउन र भाईबहिनीको राम्रो शिक्षाका लागि नै होटलमा व्यस्त हुनु परेको छ ।’
उनका वहिनीहरु मिङमा र खान्दोमा पनि बिदामा कुशल होटल व्यवसायी झै भएकाले दशैं, तिहार र जाडो विदामा आफ्नो होटलमा आउने पाहुनालाई खान बस्नको प्रवन्ध मिलाउन आइपुग्छन् । उत्तरी सीमावर्ती पर्यटकीय क्षेत्रको प्रमुख आयस्रोत होटल व्यवासाय नै भएकाले हरेक विद्यार्र्थीहरु कुशल पर्यटन व्यवसायमा लाग्छन् ।
यस क्षेत्रमा फस्टाएको पर्यटन व्यवसायकै कारण नया“ पुस्तामा जागिरभन्दा व्यवसायको लोभ बढेको छ । भारतको पढाइ र नेपालको बसाइ भएकाले यहाँका तन्नेरीहरुलाई जागिरको उत्ति भर लाग्दैन । ‘जति पढेपनि यस क्षेत्रका बासिन्दाको राम्रो आय आर्जनको स्रोत होटल व्यवसाय नै हो,’ सन्दकपुरको शेर्पा च्यालेट होटलका नर्वु शेर्पाले भने ।
पश्चिमा र बंगाली पर्यटकको ओइरो लाग्ने यस भेगमा भाषिक हिसावले पनि पर्यटकलाई फस्र्याउन अंग्रेजी जानेका विद्यार्थीहरुको आवश्यकता पर्छ । त्यसैले पनि सिमावर्ती क्षेत्रका दर्जनौ विद्यार्थीहरु अंग्रेजी सिक्नकै लागि दार्जिलिङतर्फ अध्ययन गर्ने गर्छन् ।
त्यस क्षेत्रको पर्यटन दार्जिलिङ निर्भर भएकाले पनि पर्यटन व्यवसाय सिकाउन पनि अभिभावकले सीमापारी पठाएका हुन् । ‘होटल व्यवासय, पथ प्रर्दशक, जस्ता पेशाका लागि छोराछोरी दक्ष बनाउन पनि उतै पठाउछन्,’ सरस्वती प्रावि मेघमाका प्रधानअध्यापक चन्द्रकुमार प्रधानले भने, ‘अंग्रजीसंगै दार्जिलिङको बसार्ईले पर्यटन व्यवासय पनि सिक्ने गर्छन् ।’
ग्यान्टोक, दार्जिलिङ, कालिङपुङलगायतका भारतीय सहरमा विद्यार्थी पढाउने होडले सिमावर्ती क्षेत्रका नेपाली विद्यालयहरुमा भने विद्यार्थीको संख्या न्युन मात्रै छ । सिमावर्ती क्षेत्रका कालपोखरी, मेघ्मा, तुमलिङ, जौवारीलगायत ठाउँबाट डेढसयभन्दा धेरै विद्यार्थी सिमापारीका विद्यालयहरुमा अध्ययन गर्ने गर्छन् ।
‘पढाइ खर्च जोहो गर्ने मूख्य माध्यम नै होटल भएकाले काम नगरी उपाय नै छैन,’ तुमलिङस्थित शिखर होटलकी मनिषा गुरुङले भनिन् । असोजदेखि बैशाखसम्मको सिजनमा पर्यटक भरिभराउ हुने गरेकाले होटलको काम सघाउन सबै विद्यार्थीहरु अहिले घर आएका छन् ।
सीमावर्ती क्षेत्र जैविक, धार्मिक र सगरमाथादेखि कञ्चजंघासम्म हिमश्रृङखलाको दृष्यावलोकनका लागि महत्वपूर्ण भएकाले ठुलो संख्यामा पर्यटकको चहलपहल हुने गरेको हो ।
Filed Under: रिपोर्ट


पढाई र काम संगै लागेको त राम्रो नै हो ! विदेशमा पनि त्यस्तै नै हो नि काम अनि पढाई !!!