पूल जीर्ण भएपछि सर्वसाधारण मारमा
मेचीनगर अनलाइन
|
Thursday, October 14, 2010
|
0 comments
रविन भट्टराई÷ताप्लेजुङ असोज २८,जिल्लाको उत्तरपश्चिमी सीमावर्ती गाविस पापुङ र नाल्वुलाइ जोड्ने पूरानो सिवापुल जीर्ण वनेको छ । पूल जीर्ण भएकाले दशैको समयमा सर्वसाधरणलाई हिडडुल गर्न र सामानहरु ओसारपसार गर्नलाइ समेत कठिनाइ भएको छ । सो क्षेत्रका वासिन्दाको मूख्य वाटो भएकाले वाध्य भएर जोखिमपूर्ण यात्रा गर्नु परेको हो । अन्य वर्षको तुलनामा यो वर्ष वढी पानी परेकाले पुलको पापुङपट्टीको जगसमेत भत्किएको छ ।
पापुङ र नाल्वु गाविस तथा ड्रिलिपको साझेदारीमा कुल ३६ लाख २७ हजार रुपैयाँको लागतमा ६६ साल मंसिरदेखि झोलुङे पूलको निर्माण कार्य सुरु भएपनि निर्माण कार्य पूरा हुन नसकेको सिवापूल निर्माण उपभोक्ता समितिका सदस्य लाल वहादुर साँवाले वताउनुभयो । साँवाले वर्षात र प्राविधिक कारणले गर्दा समयमै पूल वनाउन नसकिएको दावि गर्नूभयो ।

Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed