दसैँको चहल पहल गाउँ गाउँमा, सदरमुकाम शून्य ।।
मेचीनगर अनलाइन
|
Thursday, October 14, 2010
|
0 comments
रविन भट्टराई÷ताप्लेजुङ असोज २८, दसँै नजिकिदै गएपछि ताप्लेजुङ जिल्लाका ग्रामिण क्षेत्रमा चहलपहल बढे पनि सदरमुकाम फुङलिङ सुनसान वनेको छ ।
सदरमुकाम बस्ने केही व्यक्तिहरु सरकारी कार्यालय बिदा हुनुभन्दा पहिल्यै पुख्र्यौली घर ग्रामिण इलाकामा जाने हँुदा अरु समयभन्दा दसैँका बेला चहलपहल कम हुने गरेको हो ।
आज देखि सदरमुकाममा रहेका पसलहरु बजार बन्द हुन थालेका छन । गाउँ गाउँमा राखिएका पिङ खेल्नेहरुको पनि ठाउँ ठाउँमा घुइँचो देखिन थालेको छ भने केटाकेटीहरु चङ्गा उडाउदै एकआपसमा रमाउन थालेका । दशैको अवसरमा जिल्लाको विभिन्न गाविसमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमको लहर चलेको छ ।
दसैँको बेला जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले वेलुकी ८ वजेपछि होटल वन्द गर्न, वहूमूल्य गरगहनाहरु लगाएर हिड्दा सजगता अपनाउन सर्वसाधरणलाइ अनुरोध गरेको छ भने सुरक्षाकर्मीले नियमित गस्ति र सिविल निरीक्षण बढाएको छ ।
सदरमुकाम बस्ने केही व्यक्तिहरु सरकारी कार्यालय बिदा हुनुभन्दा पहिल्यै पुख्र्यौली घर ग्रामिण इलाकामा जाने हँुदा अरु समयभन्दा दसैँका बेला चहलपहल कम हुने गरेको हो ।
आज देखि सदरमुकाममा रहेका पसलहरु बजार बन्द हुन थालेका छन । गाउँ गाउँमा राखिएका पिङ खेल्नेहरुको पनि ठाउँ ठाउँमा घुइँचो देखिन थालेको छ भने केटाकेटीहरु चङ्गा उडाउदै एकआपसमा रमाउन थालेका । दशैको अवसरमा जिल्लाको विभिन्न गाविसमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमको लहर चलेको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed