पाथिभरामा दशैंको चहल पहल
मेचीनगर अनलाइन
|
Thursday, October 14, 2010
|
0 comments
रविन भट्टराई÷ताप्लेजुङ ,असोज २८, वडादशैको आज सातौ दिन देशभरका विभिन्न मन्दिरहरुमा सँगै पुर्वकै प्रशिद्ध तिर्थस्थिल ताप्लेजुङको पाथिभरामा पनि दर्शनार्थीहरुको भिड लागेको छ ।
विशेष गरेर नौरथको समयमा भिडलाग्ने यो स्थानमा नेपालका मात्र नभएर भारत, भुटानका तिर्थयात्रिहरुको पनि उतिकै भिडलाइने गरेको छ । पाथीभरामा घटस्थापनादेखि उल्लेख्य रुपमा पूजा गर्न
पाथीभरा देविको दर्शन गर्नाले आफुले सोचेको र मागेको पुग्ने जनविश्वास भएकै कारण यो स्थिानमा प्राय गरेर सबै महिनामा उत्तिकै भिड लाग्ने गरेको पुजारी पौडेलको भनाई रशेको छ ।
यसै विच पर्यटन बर्ष २०११ लाई मध्यनजर गरी पाथीभरामा मन्दिरमा पनि दर्शनका लागि यहि २५ गते देखि हेलिकप्टरबाट सेवा दिईन थालिएको छ ।
तिर्थालुको चांप बढ्ने बेला दशैं, तिहार र छैठको अवसर पारेर देश भरका मठ मन्दिर र तिर्थस्थलहरुमा सँगै ताप्लेजुङको पाथीभरामा पनि यस्तो सेवा शुरु गरीएको हो ।
पुर्वी नेपालका पाथीभरा, हलेसी तथा अन्य यस्तै प्रकारका मठ मन्दिरमा दर्शनार्थीहरुलाई हेलिकप्टरबाट आउन तथा जान मेची टुर एण्ड ट्राभल्स प्रालिले यस्तो सेवा दिएकोे हो ।
मेची टुर प्रालीले झापाको चन्द्रगढि देखि पाथीभरा धामको दर्शन गरी पुन चन्द्रगढी सम्म पुग्ने गरी हवाई सेवा दिन थाले पछि हिड्न अथवा पैदल यात्रा गर्न कठिन मान्ने हरुका लागि धेरै राहत भएको झापा बाट हेलिकोप्टरमा पाथिभरा दर्शन गर्न आएका किरण खरेल बताउनुहुन्छ ।
झापाबाट ईलाम र पँचथर हुँदै ताप्लेजुङ गाडिमा आउनुपर्ने र जिल्ला सदरमुकाम फुङ्लिङ्गबाट दुई दिनको पैदल यात्रा गर्नुपर्ने भएको कारण धरै यात्रि अथवा तिर्थालुलाई असहज बन्दै गएको थियो तर यसै महिना बाट हेलिकोप्टरको सुविधा आए पछि सबैलाई सहज बन्दै गएको छ ।
झापाको चन्द्रगढि देखि पाथीभरा र पुन चन्द्रगढि अनि खोटाङमा रहेको हलेंसी महादेवको दर्शनका लागि पनि चन्द्रगढी देखि हलेंसी हुदै पुन चन्द्रगढि सम्मकै यात्रा तय गरिएको छ । जसका लागि उसले प्रति ब्यक्ति ३० हजार रुपैंया लिने भएको छ ।
सो यात्रा संचालन हुदा एकै दिनमा तिर्थालु तिर्थस्थलको दर्शन पछि आफ्नो गन्तब्य सम्म पुग्न सकेका छन् । हवाई सेवा दिने संस्थाले बिके ९, ११७९ स्लाईडर बासो नामको हेलिकप्टर उडान गदै आएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed