वित्तीय संस्था लुट्ने योजना बनाउँदै गर्दा हतियारसहित माओवादी पक्राउ
मेचीनगर अनलाइन
|
Wednesday, October 6, 2010
|
0 comments
झापा असोज २०,वित्तीय संस्था लुट्ने योजना बनाइरहेका बेला माओवादी लडाकुसहित चार पक्राउ परेका छन्। प्रहरीले मंगलबार राति उनीहरुलाई हतियारसहित पक्राउ गरेको हो। ढुकुरपानीबाट पक्राउ परेका अनिस राईले आफूलाई माओवादी लडाकु भएको बताएका छन्। रामवृक्ष व्रिगेडमा कार्यरत अनिससँगै सुजन राई, अनिल राई र धनकुमार राई पनि पक्राउ परेका छन् । उनीहरु सबै भोजपुरका हुन्। अभियुक्तहरुको साथबाट प्रहरीले प्लाष्टिक हेण्ड ग्रिनेड, कटुवा पेस्तोल र त्यसको पाँच राउण्ड गोली तथा खुकुरी र छुरा पनि बरामद गरेको छ।
दमकका प्रहरी प्रमुख नविन कार्कीका अनुसार अभियुक्तहरुले वित्तिय संस्था लुट्ने योजना बुनेको बयानका क्रममा स्वीकारेका छन्। बुधबार दमकमा पूर्वाञ्चलकै सबैभन्दा ठूलो पशुहाट लाग्ने भएकाले उनीहरुको लक्ष्य त्यहाँ पनि लुट्ने भएको प्रहरीले दावी गरेको छ। उनीहरुलाई हातहतियार खरखजना तथा विष्फोटक पदार्थ ऐन अनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
समचार श्रोत : नागरिक
Filed Under: अपराध

0 comments
Trackback URL | Comments RSS Feed