• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

कम्प्युटर भाइरसले मानिसलाई पनि असर गर्ने

कम्प्युटरमा भाइरस लागेर हैरान हुनुभएको छ भने अब झन् चिन्ताको विषय थपिएको छ । हालसालै गरिएको एक अनुसन्धानले अब कम्प्युटर भाइरसले कम्प्युटर मात्र प्रभावित नभई मानिस पनि प्रभावित हुने कुरा देखाएको छ । कम्प्युटरमा भाइरसले असर गरेपछि मानिसमा आउने तनाबले मात्र होइन, यसले मानिसको शरीरलाई नै प्रत्यक्ष असर गर्ने केही अनुसन्धानकर्ताको चेतावनी छ ।
कम्प्युटरको हार्डवेयरमै हालिने भाइरसका कारण मानिसको शरीरलाई असर गर्ने र यो प्रविधि निकट भविष्यमा बजारमा आइपुग्ने कुरा अनुसन्धानकर्ताले बताएका छन् ।
बेलायती विश्लेषक मार्क गेसनले हालै गरेको अध्ययनअनुसार, भाइरस लागेका चिपयुक्त कम्प्युटर बजारमा आउन थालेको र त्यस्ता कम्प्युटरले मानव स्वास्थ्यमा समेत असर गर्ने तथ्य सार्वजनिक गरेका छन् । 'पछिल्लो समयमा बनेका अधिकांश प्रविधिगत सामग्री निकै साना आकारका छन् । र, यदि कसैले हार्डवेयरमा लुकाएर भाइरस आक्रमण गर्न चाह्यो भने त्यसले निकै ठूलो क्षति गराउन सक्छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ, 'त्यसैले नयाँ प्रविधि बजारमा ल्याइँदा यस्ता विषयमा ध्यान दिन आवश्यक छ ।'

कम्प्युटरको नियन्त्रणमा चलाइने ठुल्ठूला बिल्डिङका एक्सेस सिस्टममा यदि भाइरसले आक्रमण गर्‍यो भने त्यतिवेला बिल्डिङभरिका मानिसको ज्यान जोखिममा हुने पनि अनुसन्धानले देखाएको छ । र, एउटा हाते बटनयुक्त कुनै सामग्रीको उत्पादनले त्यस्तो गर्न मिल्ने चेतावनी पनि उनले दिएका छन् । साइबर क्रिमिनलले मानिसको शरीरभित्र भाइरस छिराउने नयाँ प्रविधि पत्ता लगाउन सक्ने भएकाले यस विषयमा सतर्क रहन मार्कले सुझाब दिएका छन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply