• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सन्दकपुर क्षेत्रमा पर्यटक आगावमन सुरु

इलाम, आश्विन १५ - पर्यटक प्रतिबन्ध हटाएपछि सीमावर्ती सन्दकपुर क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । दार्जिलिङको सिंहलीला नेसनल पार्कले रेडपान्डाको प्रजनन् समयमा पर्यटकको आवागमनमा लगाएको प्रतिबन्ध खुला गरेपछि पर्यटक आउन थालेका हुन् ।

पार्कले जुन १५ तारिखदेखि तीन महिनाका लागि लगाएको प्रतिबन्ध खुला गरेपछि भारत भएर आउने पर्यटकको चहलपहल बढेको छ । पर्यटक प्रवेशले रेडपान्डाको प्रजननमा प्रभाव पर्ने भन्दै पार्कले हरेक वर्ष पर्यटकलाई प्रतिबन्ध लगाउने गरेको छ । भारतीय क्षेत्रमा प्रतिबन्धपछि नेपालको बाटो हुँदै यस क्षेत्रमा पर्यटक आउँदैनन् ।

सीमावर्ती नेपाली क्षेत्रमा रहेका दुई दर्जनभन्दा धेरै होटल तीन महिना बन्द हुने गरेका छन् । मानेभञ्ज्याङदेखि फालोटसम्मको नेसनल पार्कभित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाइएको थियो । यो क्षेत्र दृश्यावलोकन र जैविक विविधताका लागि प्रख्यात छ । सीमावर्ती क्षेत्रमा पाइने दुर्लभ रेडपान्डा पर्यटनको प्रमुख आधार हो । सिंहलीला क्षेत्रमा भारतले रेडपान्डालाई व्यवस्थित रूपमा संरक्षण गर्दै आएको छ ।
भारतले सीमा क्षेत्रमा मानेभञ्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ । पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङका लागि भारतलगायत तेस्रो मुलुकका सयौं पर्यटक आउजाउ गर्दै आएका छन् । पर्यटक आउन थालेपछि उत्तरी क्षेत्रका होटल खुलेका छन् । पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघमा, तुम्लिङ, जौबारी, गैरीवास, कैंयाकट्टा, कालपोखरी, बिर्खेभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौंदेखि भारत भएर आउने पर्यटकलाई लक्षित गरेर नेपालमा होटल खोलिएका छन् ।
 समाचार स्रोत कान्तिपुर
'असोज र कात्तिकमा पर्यटक आवागमन उच्च हुने भएकाले बर्खामा बन्द भएको घाटा उठाउन सकिएला,' सन्दकपुरस्थित शेर्पा च्यालेट होटलका नर्वु शेर्पाले भने । यो क्षेत्रमा वैशाखसम्मै पर्यटक आउजाउको क्रम चल्छ । कञ्चनजंघा, सगरमाथा लगायतका हिमशृंखला र सूर्योदय दृश्यावलोकन, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडिबुटी हिमाली जीवनशैलीलगायत अवलोकनका लागि पनि सीमावर्ती क्षेत्र प्रख्यात छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply