पाकिस्तानी भिडियोको जाँच गर्न अमेरिकी आग्रह
मेचीनगर अनलाइन
|
Tuesday, October 5, 2010
|
0 comments
उमेश तिम्सिना, कतार, पाकिस्तानी सेनाले आम नागरिकमाथि गोली प्रहार गरिरहेको दृश्यका साथ सार्वजनिक भिडियोको अनुसन्धान गर्न अमेरिकाले पाकिस्तानलाई आग्रह गरेको छ । अस्पष्ट भिडियोमा पाकिस्तानि सेनाको बर्दी लगाएका केही मानिसले सर्वसाधारण नागरिकलाई जङ्गलतर्फ लगिरहेको, आ“खामा कपडा बँधेर केहीलाई लाईनमा उभ्याएर गोली प्रहार गरेको दृश्यहरु देखाइएको छ । मानवअधिकार संगठनले पाकिस्तानि सेनाले कानुनी सिमा बाट बाहिर गएर नागरिक हत्या गरेको खबर आफुहरुले सुनेको तर सार्वजनिक भिडियोको बारेमा भने अहिल्यै केहि भन्न नसक्ने बताएको छ । पाकिस्तानि सेनाका अधिकारीहरुले भिडियो नक्कली भएको दाबि गरिरहेका छन ।
अमेरीकी आग्रहलाई ध्यानमा राखी पाकिस्तान सरकारले भिडियोको विषयमा अनुसन्धान गरिरको बताएको छ । प्राम्भिक अनुसन्धानबाट पाकिस्तानि सरकारले दुष्प्रचारका लागि विद्रोहीहरुलेनै भिडियो बनाएर सार्वजनिक गरेको दाबि गरेको छ । सन् २००९ मा पाकिस्तानि सेनाले स्वात घाटिमा तालिबानि चरमपन्थि विरुद्ध अभियान चलाएका थिए । अमेरीकाले यस प्रकारका मानव अधिकार उल्ल्घनका घट्नालाई अत्यन्तै गम्भिर रुपमा लिएको जनाएको छ ।
Filed Under: परदेश

0 comments
Trackback URL | Comments RSS Feed