• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

लिम्वूवानले पनि रोके मतदाता नामावली

धरान, असोज १९ / मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले निरन्तर अवरोध गरेपछि जिल्ला निर्वाचन कार्यालय सुनसरीले फोटोसहितको मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ। निर्वाचन आयोग र परिषदको केन्द्रीय नेतृत्वबीच मंगलबार धरानमा भएको वार्तामा परिषदको माग केन्द्रीयस्तरबाट सम्बोधन नभएसम्मको लागि संकलन कार्य  गित गर्ने सहमति भएको हो। परिषदले धरानलगायत आफ्नो पकड रहेका पुर्वका विभिन्न नगरपालिकामा मतदाता नामावली संकलन कार्यमा गत बिहिबारदेखि अवरोध पुर्याउदै आइरहेको छ।

'परिषदको प्रभावित क्षेत्रमा काम गर्न सहज छैन, केन्द्रले जे भन्छ त्यही गर्ने हो,' वार्तापछि जिल्ला निर्वाचन आयोगका प्रमख अश्विन पोख्रेलले भने,'परिषदको माग जिल्लास्तरबाट पुरा गर्न सकिदैन, त्यसैले केन्द्रको निर्देशन वमोजि काम अघि बढ्छ। उनले वार्ता भने अनौपारिक भएको बताए। काम स्थगित गर्ने सहमति भएको बारेमा भने उनले घुमाउरो पारामा स्वीकार गरे। 'सकारात्मक कुराकानी भइरहेको छ, दुई तीन दिनमै कुरा मिल्छ भन्ने आशा लिएको छु,' उनले भने।

परिषदका केन्द्रीय सदस्य दिलकुमार लिम्बुले भने आयोगसँग माग सम्बोधन नभएसम्मको लागि अरुणपुर्व ९ जिल्लामा मतदाता नामावली संकलन कार्य स्थगित गर्ने सहमति भएको दाबी गरे। 'हाम्रो माग सम्बोधन भएपछि मात्रै पुर्वमा काम सुचारु गर्ने भनि asसहमति भएको छ,' उनले भने। निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलन संघीयता विरोधी भएको भन्दै परिषदले विरोध जनाउदै आएको छ। साथै, परिषदले लिम्बुवान निर्वाचन आयोग गठन हुनुपर्ने माग गदै आएको छ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply