एन आर एन कतारको पार्षद भेलामा उठाईएको बक्यौता रकम हस्तान्तरण
मेचीनगर अनलाइन
|
Tuesday, October 5, 2010
|
0 comments
उमेश तिम्सिना, कतार ,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको पहिलो पार्षद भेलामा उठाईएको पिडितहरुको लागि संकलित राहत बक्यौता रकम नेपाली दुतावासमा हस्तान्तरण गरिएको छ । कतारको रैयानमा रहेका ४२ जना अलपत्र नेपालीहरुको सहयोगार्थ पार्षद भेलाको अवसरमा खुत्रुके कार्यक्रमबाट युवा समाजसेवी लक्ष्मण खतिवडाको विशेष सहयोगमा १२९६ रियाल संकलन भएको थियो । सो मध्येमा उठ्न बाँकी रकम संकलन गरी नेपाली राजदुतावासमा नियोगका प्रथम सचिव रामकाजी खड्कालाई युवा समाज सेवी लक्ष्मण खतिवडाले हस्तान्तरण गरेका हुन् ।
Filed Under: परदेश

0 comments
Trackback URL | Comments RSS Feed