• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नेपाल आउँदै फर्कदै

होम कार्की काठमाडौं, आश्विन २० / साउदी अरबमा बस्दै आएका गैरकानुनी नेपाली स्वदेश फिर्ने प्रक्रिया स्पष्ट नहुँदा अन्योल भएका छन् । साउदी सरकारले दुई साता अघि गैरकानुनी नागरिकलाई आममाफीको घोषणा गरेपछि स्वदेश फिर्न नपाएका नेपाली उत्साहित बनेका छन् ।
झन्डै पाँच लाख नेपाली कार्यरत साउदीमा ८० हजार नेपाली गैरकानुनी रुपमा लुक्दै काम गरिरहेका छन् । 'आममाफीको घोषणा भएपछि स्वदेश फिर्ने प्रक्रिया बुझ्न दिनहुँ दुताबासमा सयौंको सख्यामा नेपालीहरु आइरहेका छन् । टाढा टाढाबाट फोन गर्नेहरु पनि त्यतिकै छन्', राजदुत हमिद अन्सारीले भने-'यसबारे साउदी सरकारले  हामीलाई आधिकारिक जानका गराइनसकेकोले अन्योलमा छौं ।'
राजदुत अन्सारीका अनुसार चाडबाड नजिकिदै गरेकोले स्वदेश फिर्न नपाएका गैरकानुनी कामदार घर जान निकै आतुर देखिन्छन् । 'साउदीको राष्ट्रिय दिवसमा राजा अब्दुल्लाहले अबैध आप्रबासीलाई आममाफीको घोषणा गरेका हुन्,' उनले भने-'पठाउने प्रक्रिया स्पष्ट नहुँदा यहाँ रहेका सबै दुताबास सुचनाको पखाईमा बसिरहेका छन् ।
राजाको घोषणा अनुसार अबैध आप्रबासीलाई स्वदेश फिर्न दिएको समय सेप्टेम्बर २५ देखि सुरु भइसकेको छ । यसको अन्तिम समय भने मार्च २३ सम्म लागु हुनेछ । त्यहाँ गृह मन्त्रालयले भने एक प्रेस बिज्ञप्ती जारी गर्दै गैरकानुनी नागकलाई आ(आफ्नो दुताबासमा निबेदन दिएर स्वदेश फिर्न अनुरोध गरेको छ । 'यो घोषणा गरेको मितिअघिबाट गैरकानुनीरुपमा बसेकाको हकमा आममाफी लागु हुनेछु, बिज्ञप्तीमा भनिएको छ-'उनीहरुले हाम्रो आबसीय कानुन उल्लंघन गरेकोप्रति माफी माग्दै दुताबासमा निबेदन दिएर आममाफीको अवसर लिनुहुन अनुरोध गछौं ।'
दुताबासका अनुसार गैरकानुनीरुपमा काम गरेर स्वदेश फिर्न झन्डै दुई हजार नेपाली जेल जिबन बिताइरहेका छन् । उनीहरु कम्तीमा तीन महिना बस्नुपर्ने भएपनि ३६ महिना भन्दा बढी समयदेखि बसिरहेका छन् । श्रम स्वीकृतिमा साबधानी नअपनाइएको, नक्कली एबं फिर्जी मागपत्रका आधारमा श्रम स्वीकृतिमा आएका कामदार फरक काम र न्युन तलब हुनेहुँदा आएकै दिन देखि भाग्ने गर्छन् ।  यस्ता कामदारलाई त्यहाँ गैहकानुनी मान्निछ । 
प्रधानमन्त्री माधबकुमार नेपाल र श्रम मन्त्री मोहमद आफताब आलमले हालै निजी भम्रणमा नेपाल आइपुगेका साउदीका इस्लामिक उपमन्त्री अब्दुल अजिज अल अम्मारसमक्ष पनि  ुआममाफी' दिएकोप्रति धन्यबाद दिदै स्वदेश फिर्ने प्रक्रियामा सहजता अपनाइदिन आग्रह गरेका थिए । 'द्धिपक्षीय भेटमा पनि श्रममन्त्रीले यसलाई बिशेष रुपमा उठाउनुभयो', श्रम सहसचिब पुर्णचन्द्र भट्टराईले भने-'यसप्रति उहाँ सकारात्मक हुनुभएको छ ।'
दुताबासका प्रथम सचिब खड्गप्रसाद दाहालका अनुसार यस्ता कामदार निकै जोखिममा काम गरिरहेका छन् । 'उनीहरुको परिचय पत्र नबन्ने, बिमा लेखपत्र नबनाइने र औषधी उपचारको सुबिद्या पाइदैन् । दुर्घटनामा परेमा सरका अस्पतालमा उपचार नपाइने, निजीमा नसक्ने र उपचार गर्न नयाँ कम्पनीको दायित्व नपर्ने कानुनी ब्यबस्था छ । त्यस काम गर्नेक्रममा मृत्यु भएका कयौं शब पठाउन सकिएको छैन् ।' उनले भने ।
समाचार सार : कान्तिपुर


Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply