रातारात भारतीय बनाइए १४ नेपाली परिवार
मेचीनगर अनलाइन
|
Friday, October 1, 2010
|
0 comments
यादव पौडेल/ झापा, १५ असोज झापाको मेचीनगर-११ का कुलप्रसाद तिवारी रातारात भारतीय भएका छन् । २०४२ सालअघि मेचीनगरको भान्सा खोलामा रहेको तिवारीको जग्गा नेपालमै पर्दथ्यो । तर, यतिबेला भारतीय पक्षले सो जग्गा आफ्नो भएको दाबी गर्दै भारतीय पट्टपूर्जा -जग्गा उपभोग गर्न पाउने अस्थायी निस्सा) दिएपछि तिवारीसँगै सो क्षेत्रका १४ घरपरिवार भारतीय बनेका हुन् । उनीहरूको १० बिघा जग्गा पनि यतिबेला भारततिरै परेको छ । भारतले दाबी गरेको ती सबैको जग्गा सीमा नदी मेचीवारि पर्छ । उनीहरू सबैलाई भारतले पट्टपूर्जा दिएको छ ।
सीमाक्षेत्र जानकार डा. राजकुमार पोखरेलका अनुसार नेपाल र पश्चिम बंगालको सिमानामा पहिले रेल्वे लिगका पिलरहरू गाडिएका थिए । 'त्यसैलाई आधार मानेर नेपाली भूमिमा पर्ने गरी मेची पुल बनाइएको थियो,' डा. पोखरेलले भने, 'तर, अहिले मेची पुलको आधाभन्दा बढी भाग भारतीय क्षेत्रमा परेको छ । पुलका १९ ओटा पिलरमध्ये चारओटा मात्र नेपाल र भारतको सीमामा पर्छन् ।' २०४१ सालतिर सीमांकन गर्ने क्रममा सो क्षेत्रमा भारतीय पक्षले एकलौटी रूपमा सीमास्तम्भ गाडेको स्थानीयको दाबी छ । मेचीनगर-११ स्थित सीमा क्षेत्रका बासिन्दा कृष्णप्रसाद उप्रेती मेची नदीमा सीमास्तम्भ गाड्ने बेलामा नेपालका सरकारी अधिकारीहरू सहभागी नभएको बताउँछन् ।
'सीमांकन गर्नेे बेलामा उनीहरू भारतको दार्जिलिङ घुम्न गएका थिए,' उनले भने, 'सीमाका विषयमा नेपाली पक्षले खासै चासो देखाएन ।' केही महिनाअघि हतियारसहित आएका एसएसबीले डोजर लगाइदिने धम्की दिएर गएपछि स्थानीयवासी त्रसित् छन् । 'उनीहरूले बालीनाली नलगाउनसमेत उर्दी गरेका छन्,' एक स्थानीयवासीले भने । भान्सा खोलामा रहेका १४ घरपरिवारमध्ये केहीसँग नेपालको धनीपर्ूजा छैन । तर, भारतले दिएको पट्टापर्ूजा भने सबैसँग छ ।
भ्ारतीय सुरक्षा बल -एसएसबी)को उदण्ड व्यवहारले सीमा मिचिएको बारे स्थानीयवासी र जानकारहरू पनि तैंचुप र मैचुपको अवस्थामा छन् । चार वर्षघि झापाको महेशपुर प्रवेश गरेका भारतीय सीमा सुरक्षा बलका जवानले धानबाली लुट्नुका साथै स्थानीय दुईजनालाई समातेर लगेका थिए । एक वर्षघि पनि सीमा निरीक्षणमा गएका माओवादी कार्यकर्तालाई एसएसबीका जवानले कुटपिट गरेका थिए । गत माघमा पूर्वी नेपालको सीमा अनुगमन गर्न झापा आएको अन्तराष्ट्रिय सम्बन्ध तथा मानवअधिकार संसदीय समितिको टोलीलाई भारतीय सुरक्षाकर्मीले अवरोध उत्पन्न गरेको थियो ।
सो टोलीलाई एसएसबीका जवानले नियन्त्रणमा लिएर गोली हान्ने चेतावनी दिएका थिए । पछिल्लो समयमा पाठामारी ५ र ७ वडाको ३० बिघा, कोरोवारीमा २५ बिघा जग्गा भारतीय पक्षले अतिक्रमण गरेको सीमा सुरक्षा कार्यालय चन्द्रगढीले जनाएको छ । झापाको ज्यामिरगढीमा पनि वीरेन्द्र उच्च माविको नाममा दर्ता रहेको ५० बिघाभन्दा बढी जग्गा भारतले अतिक्रमण गरेको छ । एक सय १६ बिघामध्ये ५० बिघा जग्गामा भारतीय नागरिकले खेती गरिरहेको विद्यालयका प्रधानाध्यापक हर्रि्रसाद पौडेले बताए ।
Filed Under: रिपोर्ट


0 comments
Trackback URL | Comments RSS Feed