• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

चालक कुटिएको विरोधमा मेची राजमार्ग बन्द

रोशन साँवा, इलाम, असोज १५- यातायात चालक तथा मजदुरहरुले सुरक्षाको ग्यारेन्टीको माग गर्दै मेची राजमार्गमा शुक्रबार बिहानैदेखि गाडी चल्न दिएका छैनन्।
उनीहरुले दुई दिनअघि मेची राजमार्गअन्तर्गत झापा खण्डमा जीपचालकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न पनि माग राखेका छन्।
विर्तामोडबाट इलाम आउँदै गरेको ना १ ज १८०१ नम्बरका जीपचालक समिर राईलाई चार-पाँच जना युवाको समूहले बुधबार अपरान्ह चार बजे कुटपिट गरेको थियो।

विर्तामोडबाट चढेका युवाको समूहमध्येका एक जनाले चालकलाई ओरालेर आफै गाडी चलाउन खोज्दा यात्रुहरु नमानेपछि चालकमाथि कुटपिट भएछ,' पूर्वेली ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुव्वाले बताए।
घाइते चालक राईको विर्तामोडस्थित कन्काई अस्पतालमा उपचार भइरहेको छ। प्रहरी र प्रशासनलाई कुटपिटमा संलग्नलाई पक्राउ गरेर कारवाही गर्न र आफ्नो सुरक्षाको ग्यारेन्टी अनुरोध गरेपनि तदारुकता नदेखाएले अनिश्चितकालीन यातायात बन्द गरेको चालक तथा मजदुरले जनाएका छन्। उनीहरुले पछिल्लो समयमा मेची राजमार्गको झापा खण्डमा आफूहरुमाथि आक्रमणको घटना बढेको बताएका छन्।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply