रात्री बसमा शव भेटियो
मेचीनगर अनलाइन
|
Sunday, October 3, 2010
|
0 comments
इलाम, १८ असोज मेची राजमार्गअन्तर्गत इलामको गोदकमा आइतवार बिहान एक युवाको शव फेला परेको छ ।
रात्री बसमा सवार भारत दार्जिलिङ्गका ३५ वर्षिया बिनोद राई मृत फेला परेका हुन् । ताप्लेजुङ्गबाट विर्तामोडका लागि छुटेको ना ४ ख २४२३ नम्बरमा सवार राई बसभित्रै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरिक्षक जगन्नाथ गौतमले बताए ।
राईको मृत्यको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । राई शिक्षण
पेशामा आवद्ध थिए ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed