• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

नेपाल भोकमरीग्रस्त मुलुकको ५६ औं स्थानमा

काठमाडौ, आश्विन २६ -  नेपाल विश्वका भोकमरीग्रस्त मुलुकको सूचीमा ५६ औं स्थानमा रहेको सोमबार सार्वजनिक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले औंल्याएको छ ।
यसअघि सन् २००८ को ग्लोबल हंगर इन्डेक्स -विश्व भोकमरी परिसूचक -जिएचआई) मा नेपाल ५७ औं स्थानमा थियो । इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्िटच्युटले सोमबार सार्वजनिक गरेको नयाँ परिसूचकले सन् १९९० यता दक्षिण एसियाले भोकमरी हटाउने दिशामा उल्लेख्य प्रगति गरेको देखाएको छ ।
यद्यपि नयाँ परसूचकमा क्षेत्रीय रूपमा दक्षिण एसिया र सव साहरन अपि|mकी मुलुक विश्व भोकमरी सूचीको अग्रस्थानमा छन् ।

परिसूचकमा बाल कुपोषण, बाल मृत्युदर र क्यालोरी नपुगेको जनसंख्या अनुपातलाई मुख्य आधार मानिएको छ । चीन भारतभन्दा धेरै अगाडि नवौं स्थानमा छ । दक्षिण एसियामा बंगलादेश, भारत र पाकिस्तानलगायत मुलुकमा भोकमरीको स्तर प्रतिव्यक्ति कुल गार्हस्थ राष्ट्रिय आम्दानी -जिएनआई) भन्दा उच्च रहेको प्रतिवेदनमा छ ।
बंगलादेश ६८ औं, भारत ६७ औं र पाकिस्तान ५२ औं, श्रीलंका ३९ औं स्थानमा छन् । परिसूचकको सूचीमा विश्वका भोकमरीग्रस्त ८४ मुलुक समेटिएका छन् ।
प्रतिवेदनले विश्वमा १ अर्बभन्दा बढी जनसंख्या भोकमरीको अवस्थामा रहेको देखाएको छ ।
विश्वव्यापी भोकमरीको सबैभन्दा ठूलो कारण बाल कुपोषण रहेको भन्दै प्रतिवेदनमा विश्वव्यापी भोकमरी घटाउन बाल कुपोषणलाई सामना गर्न पनि राष्ट्रहरूलाई आग्रह गरिएको छ ।
विश्व खाद्य तथा कृषि संगठन -एफएओ) ले दैनिक १ हजार ८ किलो क्यालोरीभन्दा कम उपभोग भएमा त्यसलाई भोकमरीको परिभाषामा राखेको छ । सन् १९९० देखि २००६ अवधिमा विश्वमा भोकग्रस्त मानिसको संख्या घटे पनि पछिल्ला वर्षमा त्यो बढ्दै गएको प्रतिवेदनका लेखकहरूले औंल्याएका छन् । त्यसमा २९ मुलुक -अधिकांश सव साहरन अपि|mका र दक्षिण एसिया) मा भोकको स्तर 'अति चिन्ताजनक' वा 'चिन्ताजनक' अवस्थामा रहेको पनि त्यसमा उल्लेख छ । उत्तर कोरिया, सव साहरन अपि|mकाका आठ मुलुकमा भोकमरी बढिरहेको परिसूचकले देखाएको छ । परिसूचकको पहिलो स्थानमा सिरियन अरब रिपब्लिक र अन्तिम स्थानमा कंगो डेमोक्रेटिक रिपब्लिक छन् । कंगोको जीएचआई ६५ प्रतिशतले बढेको नयाँ प्रतिवेदनमा छ । अन्तर्राष्ट्रियस्तरमा खाद्यान्नको मूल्य वृद्धि र विश्व आर्थिक मन्दीले भोकमरी बढ्नमा सहयोग पुर्‍याएको पनि त्यसमा छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply