• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

अनुगमनको अभावमा उपभोक्ता मारमा

भद्रपुर १४ कात्तिक / चाडपर्वको मौका छोपी बजारमा माछा–मासु व्यवसायीहरुले समितिको निर्णयबिना नै मूल्य वृद्धि गरेका छने भने अनुगमन नगर्दा उपभोक्ता मारमा परेका छन् । 
महङ्गी बढेको भन्दै दसैं, तिहार तथा छठ पर्वको मौका पारी माछा मासु व्यवसायीहरुले समितिको निर्णयविना नै आपूm खुशी मूलय बढाएकाले उपभोक्ता मारमा परेका हुन् । सदरमुकाम चन्द्रगढी बजारभित्र खानेपानी उपभोक्ता समिति चन्द्रगढी तथा बजार व्यवस्थापन समितिको प्रत्यक्ष निगारनीमा वर्ड नं. ७ मा रहेको बधशाला भए तापनि धनुषमोड, गार्मेन्ट चौक, क्याम्पसमोड, सगरमाथाचोक लगायतका ठाउँमा माछा–मासु विक्री वितरण भइरहेकाले पनि व्यवसायी आपूm खुशी मूल्यवृद्धि गरेको पाइएको छ । 


qm=;
ljj/0f
rf8kj{ cuf8L
rf8kj{df
!
vzLsf] df;'
350
400
@
nf]sn s'v'/f df;'
250
290
#
af]On/ s'v'/f df;'
180
240
$
/fFufsf] df;'
140
160
%
a+u'/sf] df;'
140
160
^
l;nË df5f
160
180
&
/f}p df5f
180
200

बजारमा यसरी मूल्यवृद्धि तथा नापतौलमा समेत ढुङ्गाको प्रयोग भइरहेकाले उपभोक्ताहरुबाट व्यापक जनगुनासो आइरहेको अवस्थामा दसैं अगडी नै घरेलु तथा साना उद्योग कार्यालय झापाले चन्द्रगढी गाविसलाई लिखित पत्र पठाए तापनि हालसम्म अनुगमन भएको छैन । 
यस विषयमा चन्द्रगढी गाविस सचिव तथा बजार अनुगमन समितिका प्रतिनिधी सन्तोषकुमार दाहालले घरेलुको पत्र प्राप्त हुनासाथ चन्द्रगढी बजार अनुगमन समितिलाई लिखित सूचना जारी गरिसकेको बताए । 
अर्कोतर्फ चन्द्रगढी बजार व्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर कार्कीले गाविसबाट पत्र आउनुका साथै मासु व्यवसायीहरुलाई मौखिक जानजकारी गराइसकेको बताए । उनले दसैंको समय भएकाले एक हप्ताभित्र बैठक बोलाई निर्णग गरिने बताए तथापनि हालसम्म कुनै बैठक नबसेको र बधशाला लगायत घुम्तीमा मूल्इवृद्धि कायम राखी मासु विक्री भइरहेको छ । 
चन्द्रगढीका मासु व्यवसायी जयसिंह राजवंशीले बधशाला ठेक्कामा लिई पसल सञ्चालन गर्नु अगाडी गाविसले अव्यवस्थित मासु पसल हटाउने भनेकोमा हालसम्म पनि नहटाइएको कारणले माछामासुको मूल्यमा एकरुपमा नभएको बताए । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply