८० रुपैंया बुझाउन १५ सय खर्च
मेचीनगर अनलाइन
|
Monday, November 1, 2010
|
0 comments
झापा १६ कात्तिक/ दक्षिणी इलामको चुलाचुली गाविजसदेखि झापाको दमक नगरपालिकासम्मको दूरी चानचुन पाँच किलोमिटर छ । बजार नजिक रहेकाले चुलाचुलीबासीलाई त्यति धेरै समस्या छै्रन । उनीहरुले दैनिक उपभोग्य सामान दमक बजारबाट खरिद गरेर लैजान्छन् ।
तर, प्रशासनिक काम गर्नु पर्यो भने चाहिँ उनीहरुको टाउको दुख्छ । नागरिकता बनाउनु र राहादानी लिनु त टाढाको कुरा, महिनैपिच्छे ततिरी नहुने विद्युत् महशुल बुझाउन सदरमुकाम जानु पर्दा खाजासामलको व्यवस्था नगरी हुँदैन । नजिकै भलmापाको दमकमा रहेको काउन्टरमा उनीहरुले महसुल बुझाउन पाउँदैनन् ।
चुलाचुलीमात्र होइन, दक्षिणी इलामका १२ वटा गाविसका स्थानीय उपभोक्ताले वर्षौदेखि यस्तो समस्या झेलिरहेका छन् । चुलाचुली, महमाई, साकफारा, बाँझो, दानावराी लगायतका गाविसका उपभोक्तासँग विद्युत् महशुल बुझाउन सदरमुकाम जानुको कुनै विकल्प छैन । नेपाल विद्युत् प्राधिकरणको महसुल सङ्ककलन काउन्टर सदरमुकाम केन्द्रीत भएकाले दक्षिण–पश्चिम इलामका उपभोक्ताले सास्ती व्यहोर्नु परेको हो ।
प्राधिकरणले इलाम सदरमुकामदेखि पूर्वमा फिक्कल र पशुपतिनगरमा मात्र महशुल सङ्कलन काउन्टर राखेको छ । सदरमुकामबाट सबैभन्दा टाढा पर्ने चुलाचुली गाविसका उपभोक्तालाई महसुल बुझाएर घर फर्किन तीन दिन लाग्छ ।
सो गाविसका अधिकांश उपभोक्ता झापाको बाटो भएर महसुल बुझाउन जाने गरेका छन् । ‘हामीलाई मुर्गाभन्दा पनि मसला महँगो भएको छ’, महशुल बुझाउन इलाम सदरमुकाम हिडेका चुलाचुली गाविसका नरेन्द्र श्रेष्ठले भने, ‘न्यूनतम ८० रुपैंया बुझाउन कम्तीमा १५ सय खर्च हुन्छ ।’ महशुल काउन्टरमा भीड बढेर पालो आएन भने सदरमुकामका लजमा बास नबसी सुख छैन । जसरका कराण उपभोक्ता अनावश्यक खर्च व्यहोर्न बाध्य छन् ।
‘यो अवस्था उपभोक्ताले कहिलेसम्म व्यहोर्ने’, श्रेष्ठसँगै रहेका अर्का उपभोक्ता महेश पौडेलले भने, ‘जनताको दुःख न नेताले बुझे नत सरकारले चासो दियो ।’ पायक पर्ने स्थानमा महसुल सङ्कलन काउन्टर राख्न पटकपटक माग गर्दा समेत कुनै सुनुवाई नभएपछि स्थानीयबासी निराश भएका छन् । पश्चिमी १७ ओटा गाविसको प्रमुख व्यापारिक केन्द्र मानिने मङ्गबारेमा महसुल काउन्टर सञ्चालनमा ल्याउन स्थानीइले माग गरेको झण्डै छ वर्ष भयो । तर, प्राधिकरणले त्यसको सुनुवाई गर्ने कुनै चासो देखाएको छैन । जसका कारण चमैता, धुसेनी, गजुरमुखी, जीतपुर फाफोक मङ्गबारे लगायतका गाविसका उपभोक्ता पनि सदरमुकाम धाउन बाध्य छन् ।
यसबारे बुभ्mनको लागि नेपाल विद्युत प्राधिकरण इलाम शाखामा फोेन सम्पर्क गरी बुभ्mन खोज्दा कार्यालयका प्रमुखले भरपर्दो सुरक्षा व्यवस्था नभर्एकाले ग्रामीण इलाकामा विद्युत् महशुल काउन्टर राख्न नसकिएको हो । बैंङ्क सञ्चालन भएका स्थानमा मात्र महसुल काउन्टर स्थापना गर्न सकिन्छ– काउन्टर मात्र राखेर के गर्नु पैसा जम्मा गर्ने ठाउँ नभएपछि जोखिम मोलेर काम गर्न सकिदैन नि फोनमा प्राधिकरण प्रमुख पूर्ण तुलाधरले जानकारी दिए ।
कार्यालयका अनुसार इलाम सदरमुकासहित जिल्लाका ४४ गाविसमा १७ हजारभन्दा बढी उपभोक्त छन् । पूर्वका नौ वटा गाविसबाहेक ३५ गाविसका उपभोक्ताले सदरमुकामको एउटा काउन्टरमा महशुल बुझाउनुपर्छ । काउन्टरमा दुई जना मात्र कर्मचारी राख्ने गरिएकाले दिनभर लाइन बस्दा समेत पालो आउन मुस्किल पर्छ । समयमा नै महसुल बmुभाउ पनि बास नबसी नहुने दानाबारी गाविसका सचिव रत्न भुजेल बताउँछन् ।
सबै ग्राहक सदरमुकामै महसुल बुझाउन आउने भएकाले प्राधिकरणको काउन्टरमा हरेक दिन भीड लाग्छ । काउन्टर खुल्नुभन्दा एक घण्टा अगाडीदेखि नै गेटमा भीड बढ्छ । महशुल बुझाउन कम्तीमा डेढ घण्टा बस्नुपर्छ तर कर्मचारीले १ घण्टामा सरदर ३० जनाको मात्र महशुल लिन भ्याउँछन् । काउन्टर चार घण्टाका लागि मात्र खुला हुन्छ ।
Filed Under: फिचर

0 comments
Trackback URL | Comments RSS Feed