• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

फुर्सदिला भने समितिका कर्मचारी

झापा शिवगञ्जका बाबुराम प्रधान समयमै कार्यालय आउँछन् । दिनभरी बस्छन्, आपूmजस्तै कर्मचारीसँग गफिन्छन्, अनि कार्यालयमा समय सकिएपछि घर फर्कन्छन् । विगत दुई वर्षदेखिको उनको दैनिकी यस्तै छ । न कामको चटारो न काम बिग्रियला भन्ने पीर ।
शिवगञ्ज–८ स्थित चन्द्रडाँगी बिऊबिजन तथा दूग्ध उत्पादक समितिका कर्मचारीले विगत दुई वर्षदेखि काम पाएका छैनन् । २०५२ सालमा प्रधानले समितिको सवारी चालकको पदमा नियुक्ती पाएका थिए । केही समय त उनले कृषिमा प्रयोग हुने कृषियन्त्र र समितीको ल्याण्डक्रुजर गाडी चलाएर । ‘तर, गाडी नै बिग्रिएर थन्किएपछि कसको पो के लाग्छ र ?’ उनले भने, ‘यहाँका गाडी बिग्रिएपछि ०६२ देखि ०६४ सम्म जिल्ला कृषि विकास कार्यालय झापाको गाडी चलाउन डाकियो तर ०६५ देखि फेरी शिवगञ्ज नै पठाए ।’

गाडी बिग्रिएर थन्किएको र आपूmले काम नपाएको विषयमा सरकालार्य बारम्बार ध्यानाकर्षण गरे पनि सुनुवाई नभएको बताउँदै उनेले भने, ‘तलब चाहिँ नियमित नै पाइरहेको छु ।’ आपूmले नियुत्तिः पाएको पदको काम नपाए पनि फारममा अन्य प्रावाधिक कर्मचारीको काममा सघाउने गरेको बताउँदै उनले भने, ‘यो फारमको जिर्णेदारमा सरकारले ध्यान दिएको छैन ।’
२०२८ सालमा एसियाली विकास बैङ्कको सहयोगमा निर्मित चन्द्रडाँगी फारमको भवन कन्काई सिँचाई आयोजनाले सरकारलाई हस्तान्तरण गरेको हो । जलस्रोत मन्त्रालयले पछि सबै सम्पत्ति कृषि तथा सहकारी मन्त्रालयलाई दिएको थियो । कार्यालयका खरिदार भरत भट्टराईले फारमको विषयमा सरकाले ध्यान नदिँदा तथालिङ्ग भएको बताए । उनले भने,‘परिसरमा टनेल, ट्याक्टरको हलो, कृषिका अन्य उपकरण खिया लागेर माटोमा मिल्न लागेका छन् भने भवनहरु ढल्ने अवस्थामा पुगेका छन् ।’ करिब १४ करोड मूल्यबराबरको भौतिक संरचना सहितको फारम जीर्ण अवस्थामा पुगेको छ । फारमले नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका धन, मकै र गहुँको मूल बिऊबाट उत्पादन गरी नयाँ जातको बिऊ कृषकलाई उपलब्ध गराउँदै आएको छ । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply