• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

तिहारमा सयपत्रि फुलको विकल्पमा प्लास्टिकको फुल

दोखु गाविस कि कल्पना बोखिम यो वर्ष आफ्नो माईतिको गला बजारमा पाईने प्लास्टिकको फूलले सजाउने तरखरमा छिन । दोखु कै उमा अधिकारी आफ्नो घरको ढोका र झ्यालमा लगाउने फूल पनि बजार बाटै रेडिमेट किनेर ल्याउने तयारीमा छिन् । अघिल्लो वर्ष आफ्नो माईतिको गलाभरी कहिलै नओईलाउने मखमली र सयपत्रिको माला पै¥याएकि कल्पनाले यो वर्ष आफ्नो फुलबारीमा भएका केहि फूल पनि कुहिने र ओईलाउन थालेपछि प्लास्टिकको फूलले तिहार टार्ने विचार गरेकि हुन् भने उमाले फुलको अभावमा बजारमा पाईने तयारी मालाले आफ्नो घर सजाउन लागेकि हुन् ।
फूलै फुलको पर्व भनेर चिनिएको नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा जिल्लामा फूलकै अभाव भए पछि अहिले तयारी अथवा प्लास्टिकको बजारमा पाईने पूmलको अत्याधिक माग बढेको छ ।
विशेष गरेर सयपत्री, मखमली, गोदावरी लगायतका मौसमी फूल चार वर्ष यता लोपहुँदै जाने क्रम जारी रहेको र यो वर्ष आएर केहि मात्रामा मात्र पूmल फुलेको कारण ताप्लेजुङमा यो समस्या आएको हो । जिल्लाका केहि गाउँघरमा पूmल छिटफुट मात्रामा मात्र भएपनि पर्याप्त भने छैन । केहीवर्ष अघिसम्म वारीको डिल तथा खेतवारीमा प्रसस्त मात्रामा यो समयमा घरवरपर ढकमक फुल्ने फुल, फुलको पर्व भनेर चिनिने तिहारमा यो वर्ष अभाव भएको हो ।
फुलको थुङ्गा कुहिने र बोट औलाउने रोगको कारण पूmल मासिएपछि ताप्लेजुङ तथा जिल्लाको विभिन्न बजारमा सयपत्रि फुलको विकल्पमा प्लाष्टिकको फूलको व्यापार अहिले आएर फस्टाउँदै गएको छ । प्राकृतिक रुपमा फूल्ने फूलको अभाव भएपछि जिल्लामा झापाको विर्तामोड र सिमा पारी वाट प्लास्टिकको पूmल ल्याएर बिक्री वितरण गर्ने गरेको सदुमुकाम फुङ्लिङ्गका व्यापारी गोपाल अधिकारी बताउँछन् । प्राकृतिक फूलको अभाव भएपछि उपभोक्ताको माग समेत प्लाष्टिकको फूलमा बढेको व्यापारी अधिकारीको को भनाई रहेको छ । अहिले सदरमुकाममा रहेको अधिकांश साना ठुला पसलमा समेत प्लाष्टिकको फूल बिक्रीका लागि राखिएको देखिन्छ ।
यता प्राकृतिक फुलको अभावका कारण पुजा र पुरारण लगाउतका धार्मिक कार्यमा समेत प्लास्टिकका पूmलको प्रयोग बढेको स्थानिय पंडित तथा पुजारीको भनाई रहेको छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply