मोवाईल चार्जको भारु पचास
मेचीनगर अनलाइन
|
Wednesday, November 3, 2010
|
0 comments
इलामको मावु ८ मा पर्ने पर्यटकीय स्थल सन्दकपुरमा एक होटल व्यवसायीले भारतीय पचास रुपैया लिने गरेका छन् । शेर्पा च्यालेटका नोर्वु शेर्पाले एउटा मोवाईल, लाईट या कुनै व्याट्री एक पटक चार्ज गरेको भारतीय रुपैया ५० रुपैया लिने गरेका छन् भने आफ्नै होटलमा बसेकालाई भारु ३० रुपैया प्रति चार्जको लिने गरेका छन् । पर्यटकको रुपमा आएकाहरु लाई मात्र र्चा गरेको प्रसा लिने गरेको ताथ स्थानीय गाउका मानिसहरु लाई निशुल्क चार्ज गरिदिने गरेको होटलका सञ्चालकले बताए । नेपाल को क्षेत्रमा रहेको सो होटलमा साझ परेपछि मात्र जेनेरेटर सञ्चालन गरि बत्ती बाल्ने
गरिन्छ । नेपालको राष्ट्रिय विद्युत प्रशारण लाईनले नछोएको सो ठाउको भारतीय क्षेत्रमा पनि भारतीय सरकारले विद्युत विस्तार गरेको छैन । सन्दकपुरमा पर्यटकहरुको अत्याधिक चाप बढ्ने सिजन हालको असोज– कार्तिक समयमा दैनिक २० देखि ३० जनाले यस्ता इलेक्ट्रोनिक सामानहरु चार्ज गर्ने गरेको छन् ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed