चाडवाडमा पुस्तक मोह
मेचीनगर अनलाइन
|
Thursday, November 4, 2010
|
0 comments
गणेश लम्साल पानीटयाङकी (मोरङ) १७ कार्तिक । चाडवाडका वेला मासु र मिष्टान्न खाने र नयाँ लत्ताकपडाहरु किनेर लगाउने चलनसँगै विस्तारै पुस्तक किनेर पढने चलनपनि वढदै जान थालेको छ ।
चाडवाडमा पर्ने लामो विदामा भोजभतेर र तास जुवामा रमाउन नचाहनेहरुले नयाँ नयाँ पुस्तक किनेर पढने गरेका छन ।
दशैका लामो विदा र तिहार तथा छठको विदाका वेलापनि वेला पुस्तक पसलहरुमा अन्य महिनाको तुलनामा ५० प्रतिशत वढि नयाँ पुस्तकहरु विक्रि हुनेगरेको विराटनगरको हिमालयरोड स्थित मैनाली पुस्तक पसलका संचालक गंगाधर मैनालीले वताउनुभयो । उहाँका अनुसार काठमाण्डौको तुलनामा मोफसलमा पुस्तक किनेर पढने चलन कमै भएपनि दशैको लामो विदाकावेला पुस्तक किन्नेहरु अन्य महिनाको तुलनामा वढनेगरेको वताउनुभयो ।
दशै तिहार जस्ता चाडवाडमा वढि पाठक पाईने भएकोले ् धेरै नयाँ पुस्तकहरु वजारमा यहि सिजन पारेर प्रकाशित हुनेगरेका छन ।
हाल वजारमा पुर्व माओवादि छापामार युवती तारा राईको छापामार युवतीको डायरी , झमक धिमिरेको जीवन फुल कि काँडा , लैनसिँह वाङदेलको मुलक वाहिर म , र वुद्धि सागर चपाँईको कर्णाली व्लुज , वढि नयाँ र चर्चामा रहेका छन ।
दशैमा पढन पाठकहरुले पुरानाभन्दा पनि नयाँ नयाँ पुस्तकहरु नै वढि रोज्ने गरेको पुस्तक विक्रेता मैनालीले वताउनुभयो ।
हुन त युगपाठकको उर्गेनको घोडा , नारायण वाग्लेको मयुर टाईम्स देखि हिमाल , नेपाल र लाल रक्षक पत्रिकाहरुका दशै अंक पनि धमाधम विक्रि भैरहेका छन । यसैगरि दशैकै अवसरमा आआफनो विचार अनुसारको विचार प्रधान पुस्तकहरु किनेर पढनेहरु पनि उल्लेख्य रुपमा हुनेगरेका छन । केहि माक्र्सवादमा आधारित पुँजी जस्तो महंगो किताव पनि किनेर लाने गरेका छन ।
विराटनगरको कलेज रोडमा रहेको साझा पुस्तक पसलमा पनि अन्य दिनको तुलनामा चाडवाडका वेला साहित्यीक पुस्तकहरु अलिवढि विक्रि हुने गरेको छ । यहाँ साझा प्रकासनले प्रकाशित गरेका गरिमा , मधुपर्क जस्ता मासिक साहित्यक पत्रीकाहरु देखि छापामारको छोरा , मुनामदन , जस्ता पुस्तक र उपन्यासहरु किनेर पढनेहरु हुने गरेका छन ।
विराटनगरकै संसारी माईस्थानमा रहेको साहित्यीक पत्रपत्रीकाहरुको विक्रि केन्द्र वाणि प्रकाशनको विक्रि केन्द्रमा चाँहि दशैको वेला उस्तो साहित्यीक पत्रपत्रीकाहरु विकेका छैनन ।
विराटनगरको हिमालय रोडमै रहेको भट्टराई पुस्तक पसलले पनि अन्य महिनाको तुलनमा दशैका वेला पुस्तक र पत्रपत्रीकाहरु केहि वढि विक्री गर्ने गरेको छ ।
यसो त चाडवाडका वेलामा यौन सम्वन्धि पुस्तक र पत्रपत्रीकाहरु पनि मनग्गे विक्रि हुने्गरेका छन । तर तीनको विक्रि अन्य महिनाको भन्दा दशैमा खासै फरक हुने नगरको पुस्तक पसलेहरु वताउँछन ।
मैनाली पुस्तक पसलले वार्षिक ५ लाख वरावरको उपन्यास विचार प्रधान तथा जानकारी मुलक पुस्तकहरु विक्रि गर्ने गरेको छ । दशैको वेलामा मात्रै अन्य महिनाको तुलनमा विक्रि ५० प्रतिशत वढि हुने विक्रेताहरुको दावी छ ।
वाणि प्रकाशनका अध्यक्ष कृष्णभुषण वलले चाडवाडमा मासु र मिष्टान्न भोजन गर्ने र मदिरा पिउने चलनसँगै पुस्तक किनेर पढने वानीको विकास वढदै गएको पाईनु समाजकालागि राम्रो सन्देश भएको तर पुस्तक पसलेहरुले भनेजस्तो आफुले विराटनगरमा पुस्तक किनेर फुर्सदको समयमा पढनेहरु नपाएको वताउनुभयो । उहाँले राजधानी लगायतका केहि स्थानमा यस्तावेलामा पुस्तकको विक्रि उल्लेख्य हुनेगरेको भएपनि विराटनगरमा अधिकांश भारतीयमुलका व्यापारि उधोगीहरु वस्नेगरेको र उनीहरुलाई पढनमा भन्दा वढि भन्दा भन्दा वढि कमाउनमै चासो हुनेगरेकोले यहाँ पुस्त्क कम विक्रि हुनेगरको वताउनुभयो । पुस्तक किनेर पढनेहरुमाचाँहि प्राय शिक्षक , पत्रकार , प्राध्यापक र राजनैतिक कार्यकर्ताहरु हुनेगरेका छन ।
पसलेहरुका अनुसार सवैभन्दावढि पुस्तक पसलमा आएर पुस्तक किनेर पढनेहरुमा एमाओवादि र त्यसपछि एमाले कार्यकर्ताहरु हुने गरेका छन । केहिले घरमै पुस्तक मागाएर पढने गर्दछन ।
मध्यमवर्गी गृहणीहरुले चाँहि नारी , गृहशोभा , सरिता आदि पत्रीकाहरु वढि मनपराउने गरेका छन ।
भारतसँग सिमाना जोडिएको शहर भएकोले यहाँ निक्कै भारतीय पत्रपत्रीकाहरु सहजै रुपमा किनेर पढन पाईने गरिएको छ ।
Filed Under: फिचर

0 comments
Trackback URL | Comments RSS Feed