गाई होस् त यस्तो !
मेचीनगर अनलाइन
|
Wednesday, November 10, 2010
|
0 comments
गाईले व्याएको ९ वर्षसम्म दूध दिएको समाचार केही अगाडी यही अनलाईनमा राखेको थियौँ तर आज त्यो भन्दा पनि अचम्म लाग्दो खबर प्रकाशित गर्दैछौं । एउटा गाई ब्याएको कति वर्षसम्म दूध दिन्छ ? सहजै पाईने जवाफ हो एकदेखि दुई वर्षसम्म । तर, इटहरीको कृष्ण प्रणामी मन्दिरमा रहेको एउटा गाई ब्याएको १५ वर्षसम्म् पनि निरन्तर दूध दिइरहेको छ ।
३० वर्षअघि भारतको कालिम्पोङबाट ल्याएको गाईले १५ वर्षदेखि निरन्तर दूध दिइरहेको प्रणामी मन्दिरकी कमला गौतमले बताइन् । ‘१५ वषैदेखि ब्याएको पनि छैन, दूध पनि निरन्तर दिइरहेको छ’, पहिले बिहान–बेलुका नै दूध दिइरहेको गाईले केही वर्षयता बेलुकामात्र दूध दिदै आएको बताउँदै उनले भनिन्, ‘अब त गाईै बढी पनि भयो, बिहान अबेरसम्म उठ्न सक्दैन अनि बेलुकामात्र दूध दुहुने गरेका छौं ।’ मन्दिरकै देवी अधिकारी भन्छिन्, ‘यस्तो गाई हुन्छ भनेर त हामीले सुनेकै थिएनौं, केटाकेटी गए पनि सजिलै दुहुन दिन्छ तर हामी भने बेलुका मात्र दुहुन्छौं ।’
‘बुढी गाईको दूध अरु गाईको भनदखा बाक्लो छ । प्रणामी आश्रममा रहेका केटाकेटीलाई चिया खान पुग्छ’ उनले एक दर्जन बालबालिकालाई चिया खान पुगने एक लिटरभन्दा बढी दूध गाईले अझै दिने गरेको सुनाउँदै भनिन्, ‘हामी यसलाई बुढी गाई भन्छौँ’, अझैसम्म त खानेकुरा मज्जाले खाँदैछ ।’ कृष्ण प्रणामी मन्दिरमा आधा दर्जन गाई पालिएको छ । मन्दिरले अनाथ बालबालिकाका लागि एसएलसीसम्मको शिक्षा दिइरहेको छ ।
Filed Under: फिचर

0 comments
Trackback URL | Comments RSS Feed